
हुलाकी न्युज, पर्सा | पचास थान बन्दुकको गोली सहित पक्राउ परेका २ जनालाई पर्सा प्रहरसीले आज पत्रकार सम्मेलगन गरि सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा पर्सा गढी गाउपालिका निवासि ५५ बर्षिय क्षेत्री चौधरी र सोहि ठाउँ निवासि २१ बर्षिय रामकिसुन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सुदिप गिरिले जानकारी दिनुभयो ।
ना ४ प ९११६ नम्वरको मोटरसाइकलमा आइरहेको अवस्थामा पर्साको ग्रामिण क्षेत्र रंगपुर टाँडीबाट हिजो चेकजाँचका क्रममा उक्त परिमाणको गोलि सहित उनिहरुलाई पक्राउ गरिएको पनि पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गीरिले जानकारी दिनुभयो । पक्राउ परेका दुवैलाई हिरासतमा राखेर अनुसन्धान अगाडी बढाइएको पनि उहाँले जानकारी दिनुभयो ।



