हुलाकी न्यूज, काठमाडौं । स्थानीय तहको दुई नम्बर प्रदेशको निर्वाचनअघि संविधान संशोधन नभए व्यवस्थापिका संसद छोडेर सडक आन्दोलनमा जाने चेतावनी राष्ट्रिय जनता पार्टी नेपालका नेताले दिएका छन् ।

राजपाका वरिष्ठ नेता रामनरेश राय यादवले संसदनमा रहेको संविधान संशोधन प्रस्तावतत्काल निर्णयार्थ पेश नभएव्यवस्थापिका संसद छोडेर सडकमा जाने बताए । उनले भने,‘संशोधन प्रस्ताव तत्काल भोटिङ्मा लैजानुपर्छ, हामी भोटिङ्बाट आउने परिणाम स्विकार गरेर चुनावमा जान तयार छौं ।’

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संशोधन प्रस्तावपारित होस भनेर नै आफूहरुले चाहेको समेत स्पष्ट पारे । उनले भने,‘जंग लड्न मैदानमा उत्रिएपछि हारजित त भैहाल्छ नि, तर हार्नको लागि कोही पनि लडाई लड्दैन, हामी परिणाम स्विकार गर्न तयार छौं ।’

उनले आफूहरु निर्वाचनमा सहभागी हुनको लागि २४ सै घण्टा तयारी अवस्थामा रहेको समेत जिकिर गरे । उनले भने,‘राजपाजुनसुकै बेला पनि चुनावमा सहभागी हुन तयारी अवस्थामा छ, हामी पुर्ण तयारीका साथ बसेका छौं ।’

नेता यादवले राजपा निर्वाचनमा सहभागी भए आफ्नो पक्षमा परिणाम ल्याउने समेत दाबी गरे । ‘सत्तारुढ दलले म कुटेजस्तो गर्छु तर रोएजस्तो गर भनेर प्रतिपक्षी दल एमालेलाई भन्छ, अनी एमाले पनि त्यही गरिरहेको छ, यो नाटक मञ्चन हो, उनले अघि भने,‘अब केटाकेटी खेल खेल्नुभएन ।’

1 COMMENT

  1. bhut hogaya chetabni. cetabni sun sun kar kan pakgaya fir ab kabhi bhi ye chetabni nahi dena………….
    jo karna hai karlena…………………… ham logo ko pata chal jayega best of luck

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.