
हुलाकी न्यूज, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउत दुबै जनाको हैसियत बराबर रहेको बताएका छन् । उनले ओली र राउत दुबै जना देश विखण्डनकारी भएको आरोप लगाएका छन् । श्रेष्ठले डा.राउत खुलेर विखण्डनमा लागेको तर ओली भित्रभित्रै विखण्डन गर्न खोजेको बताए ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै भने,‘सीके राउत र केपी ओली एउटै सिक्काका दुई पाटा हुन्, एमाले सत्तामा आए देश टुक्रिन्छ ।’
नक्कली राष्टबादको नाममा ओलीले देश विभाजनतिर लगेको बताउँदै भने, ‘अनन्य राष्ट्रवादको नाममा देश विभाजनतिर लाने, आफ्नै देशको नागरिकलाई अर्काको भन्न खोज्ने ।’
‘गोर्खाल्याण्ड हुनु पर्छ भन्दा एमालेहरुले ताली बजाएको देख्छु, थरुहट प्रदेश हुनु प¥यो, मधेश हुनुप¥यो भन्दा भारतीय दलाल भन्ने एमालेको डबल स्ट्याण्ड हो ।’ उनले भने ।
उनले संविधान संशोधन नभए आफूहरुले फेरि आन्दोलन सुरु गर्ने चेतावनी दिए । उनले थपे,‘संविधान संशोधनपास नभई चुनाव हुन सक्दैन्, प्रदेश निर्वाचन अघि नै संशोधन हुनुपर्छ, नभए हामी आन्दोलन गर्छौं ।’



