हुलाकी न्यूज, न्यूर्योक । अमेरिकामा बस्दै आएका मधेशीहरुको समाजिक संगठनहरुले सप्तरी बाढीपीडितका लागि राहत संकलन गर्दैछ ।

अमेरिकामा सक्रिय मधेशीहरुको संगठन मध्ये एशोसिएशन अफ नेपाली तराईएन इन अमेरिका (एण्टा)ले आफ्ना सदस्य तथा शुभचिन्तकहरुलाई बाढीपीडितका लागि एण्टाको रिलिफ फण्डमा सहयोग दिन आग्रह गरेको छ ।

एन्टाका अध्यक्ष विजय सिंह र प्रवक्ता अप्रजिता झाद्धारा जारी प्रेस विज्ञप्तीमा सप्तरीका बाढीपीडितलाई सहयोग गर्न आग्रह गरिएको छ । एन्टाको वेवसाइटमा गएर राहतको रकम प्रदान गर्न सकिने व्यवस्था मिलाइएको छ । एन्टामार्फत सहयोग गर्न http://terai.org/contacts.html

त्यस्तै, अमेरिकामा सक्रिय रहेका मधेशीहरुको समाजिक संगठन मधेशी एशोसिएशन इन अमेरिका (माँ)ले पनि सप्तरी बाढीपीडितका लागि राहत संगठन गर्दैछ । माँले गोफण्डमी वेवसाइटको माध्यमले राहतको रकम संकलन गर्दैछ ।

माँका महासचिव संगीत रौनियारले जारी गरेको विज्ञप्तीमा बाढीपीडितका लागि राहत संकलन भइरहेको र राहत संकलनमा सहयोग गर्न आग्रह गरिएको छ । हालसम्म माँको राहत फण्डमा दुई हजार तीन सय ३२ डलर जम्मा भएको देखिन्छ । माँको मार्फत राहत प्रदान गर्न https://www.gofundme.com/flood-relief-support-to-saptari2017

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.