हुलाकी न्यूज, नेपालगंज ९ आश्विन । नेपालगंजको जमुनाहा नाकामा नेपाली सुरक्षा निकायले फाईरिङ्ग गरेको छ । जसमा प्रहरीसहित एक दर्जनभन्दा अधिक घाइते भएका छन् ।

नेपाली सुरक्षाकर्मीले नाकामा धर्ना दिएका मधेशी मोर्चाका कार्यकर्ताहरुलाई धपाउन भारतीय सिमा क्षेत्रमा पनि फाईरिङ्ग गरेको हुलाकी सहकर्मी आशिष गुप्ताले बताएका छन् ।

मोर्चाका कार्यकर्ता र प्रहरीबीचको झडपमा एक जना सयसहित चार जना प्रहरी घाइते भएका छन् । त्यस्तै ९ जनाभन्दा अधिक आन्दोलनकारी घाइते भएका छन् ।

घाइते हुने प्रहरीहरुमा सय देबीलाल विक, जवानहरु सुरेश बस्याल, कमल विक, कमल खनाल रहेका छन् । त्यस्तै आन्दोलनकारीहरुको तर्फबाट घाइते हुनेहरुमा महिला ममता बनियाँलाई प्लाष्टिकको गोली लागेको छ भने रामकुमार सोनी, जगदिश बहादुर सिंह र बद्रु खाँलगायतका घाइते भएका छन् ।

 

Nepalgunj 1

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.