
हुलाकी न्यूज, राजविराज । कोसिस फाउण्डेशनले सप्तरी जिल्लाका बाढीपीडितहरुलाई राहत वितरण गरेको छ । स्वस्थ्य क्षेत्रमा सक्रिय कोसिसले बाढी प्रभावितहरुका लागि अत्यावाश्यक सामाग्रीहरु वितरण गरेको छ ।
बाढी प्रभावित मैना कडेरीका ७१ परिवार, रायपुरका १० परिवार, रघुनाथपुर ९ का ४ परिवार तथा मैना कडेरीकै सुरक्षा बललाई ५ थान गरी कुल ९० थान रिलिफकिट बितरण गरिएको छ । शनिबार उक्त क्षेत्रमा सामाग्री वितरण गरिएको हो ।
प्रत्येक रिलिफकिटमा त्रिपाल १ थान, मछर झूल१ थान, स्लिपिंग म्याट २ थान , गम्छा१ थान, चिउरा २ किल्लो, नुहाउने साबुन २ थान, टर्च लाइट १ थान, स्यानिटरी प्याड १ थान, चाउचाउ १५ प्याकेट, बिस्कुट, जीवन जल १० प्याकेट, पानीको बोतल१ थान तथा पानी सुद्धिकरण गर्ने आकुआको चक्की एकसय रहेको कोसिसले जनाएको छ ।
कोसिसका संयोजक डा.दिव्यराज मिश्रले स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा परोपकारी कार्य गर्दै आएको कोसिस फाउन्डेसनलाई राहत कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।



