
हुलाकी न्युज, सिरहा । लायन्स क्लब डिस्ट्रिकट ३२५ ए २ जोन चेयरपर्सन चक्रपाणि दाहाल तथा लायन्स कल्ब अफ लहान सिटीका अध्यक्ष विकाश सारडाको समन्वयमा आइतबार सप्तरीको तिलाठी गाउपालिकाको सकरपुरा र राजविराजको मलेठ गाउका १७० घर परिवार लाई राहत सामग्री वितरण गरिएको छ।
समन्वयकर्ता चक्रपाणि दहालका अनुसार प्रत्येक परिवारलाई प्याकेट बनाइ राहत वितरण गरिएको हो।प्रत्येक प्याकेटमा २० केजी चामल ,सुपनेट झुल , आलु ५ केजी ,त्रिपाल १ थान , बेड कभर ,एक काटुन मिनिरल पानि , एउटा साडी ,एक काटुन चाउचाउ र बालबालिकाको लागि २ सेट कपडा समेत रखिएको समन्वयकर्ता दहालले जानकारी दिएका छन्।
उक्त राहत सामाग्री तथा रकम लायन्स क्लब काठमाडौँ , महेश्वरी समाज लहान र विराटनगर बाट सहयोग स्वरूप प्राप्त भएको समन्वयकर्ता दहालले जनाएका छन् । राहत वितरण कार्यक्रममा लायन्स क्लबका डाक्टर खनाल , अशोक अग्रवाल , विकाश शारडा , रियासत लिमि , राजविराज लायन्स क्लबका सत्यबान लगायत सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो । सभार: सरगम खबर




तिलाठी कोईलाडी गौंपालीका