हुलाकी न्युज, सिरहा ।
 सूर्य नारायण सत्य नारायण मोरबैता यादब बहुमुखि क्याम्पस सिरहामा कार्यरत सम्पुर्ण आंशिक प्राध्यापक संघले क्याम्पस प्रमुखका कक्ष, सहायक क्याम्पस प्रर्मुख कक्ष, प्रशासन शाखा र लेखा शाखामा आइतवार तालाबन्दी गरेकोछ ।

विगतमा त्रिभुवन विश्व विद्यालय तथा सरकार संग भएका कार्यरत सबै आशिंक प्राध्यापकहरूलाई करारमा रुपान्तरण गर्ने भनि गरिएको समझौता अनुसार कार्यान्यवन न गरिएकोले नेपाल आशिंक प्रध्यापक संघ केन्द्रीय कार्यसमितिवाट मिति २०७४ श्रावण १ र २ गते तालावन्दी गर्ने देशव्यापि कार्यक्रम अनुसार सिरहाको सु.स.मो.या.ब. क्याम्पस सिरहाका विभिन्न कोठामा तालावन्दी गरिएको छ ।

तर क्याम्पसमा संचालित परीक्षामा कुनै किसिमको बाधा अवरोध न भएको सहायक क्याम्पस प्रमुख रामदेव मन्डलले जानकारी दिएका छन् । सभार:अपन दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.