
हुलाकी न्युज, सिरहा । जिल्ला सिरहा साविक गाविस महदेवा पोर्तहा हाल सखुवा नन्कारकट्टी गाउँपालिका वडा नं. ३ मा संचालित माध्यमिक विद्यालय पोर्तहाका प्रधानाध्यापकले जिल्ला शिक्षा अधिकारीको इशारामा विभिन्न मितिमा लगभग ७ लाख विद्यालय कोषबाट झिकी भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।
मावि महदेवा पोर्तहाका प्र.अ. रमेश कुमार यादव २०६९ साल देखि नै छात्रवृति, पाठ्पुस्तक, ननसेलरी लगायत विद्यालयको आम्दानी र प्रमाणपत्र वापतको शुल्कहरु मध्ये अधिकांश रकम व्यक्तिगत काममा प्रयोग गरी भ्रष्टाचार गर्दै आउदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धानको लागि कारवाही समेत भएको र गत जेष्ठ १ गतेबाट प्रअ विद्यालयमा अनुपस्थित समेत रहेको थियो ।
२०७४ जेष्ठ २६ गते विद्यालय निरीक्षक देवन चौधरीको अध्यक्षतामा श्रोत व्यक्ति मुनिन्दर यादव संलग्न बैठकमा १५ बुन्दे सहमतिलाई पनि लापरवाही गरेको र जिशिअको इशारामा राष्ट्रिय बाणिज्य बैंकमा रहेको हिसाब नं. ३०१ बट विभिन्न मितिमा लगभग ७ लाख रुपैया समेत निकाली फरार रहेको प्रअमाथि आवश्यक कारवाहीको लागि जिशिका, प्रल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय सिरहामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार यादव लगायत विव्यसका पूर्ण सदस्यहरुले ज्ञापन पत्र बुझाएको जानकारी अध्यक्ष यादवले जनाएका छन् । सभार: अपन दैनिक



