
हुलाकी न्युज, रौतहट –सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुुरका प्रमुख सुुमन योगेशको निर्देशनमा झाँझपुुल कटहरिया सडकखण्ड शुुक्रवार देखि मर्मत शुुरु भएको छ ।
आर्थिक वर्ष सकिनै लाग्दा बल्ल सो सडक मर्मत सुरु गरिएको हो ।
कटहरिया झाँझपुुलको सात किलोमिटर लामो बाटोमा खाल्डो बनेको स्थानमा पहिलो चरणमा ग्रेभल राख्ने काम शुुरु भएको छ ।
उक्त बाटोमा कालोपत्रे बनाउन टेण्डर लिएको कन्काई निर्माण सेवाले ग्रेभल राख्न लागेको जनाएको छ ।
अघिलो साता भएको अविरल बर्षाले सडकखण्ड अन्तरगत लक्षमिपुर, फतेपुुर,बलुआटोल र कटहरिया नजिक बाटो बिगारेको थियो ।
मुुलबाटोमा बर्षाको पानी जमेर तिन तिन फिट सम्मको खाल्डो बनेको थियो । सभार: रातो पाटि



