आदरणीय खाँटी राष्ट्रवादी साथीहरु,

भारतमा करिब २० लाख नेपाली रोजगारमा छन् । जसले नेपालमा रहेका करिब ८० लाख आफ्नो परिवारको जीविका चलाईरहेका छन् । दुबई–कतारमा करिब २० लाख मधेशी रोजगारमा छन्, जसको रेमिट्यान्सले देश चलिरेको छ । तिमीहरुलाई मेरो प्रश्न ।

तिमीहरुले जनताका लागी के गरेका छौं ?

न रोजÞगार, न बेरोजगारी भत्ता ।

न शान्ति, न विकास ।

उल्टै देशको ढुकुटी खाली गरेर विदेशमा अर्बो जम्मा गरेका छौ । साइकल चढ्ने औकाद नभएकाहरुले चार तल्ले बंगला र पजेरो चढेका छौ ।
आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थ पुरा गर्न देश टुक्राउन लागेका छौ । कहिले मधेशीलाई धपाउने कुरा गर्छौ त कहिले जनजातिलाई धवाउने कुरा गर्छौ । खुकलो राष्ट्रवादको नाउमा छिमेकीसंगको कुटनीतिक सम्बन्ध बिगार्न लागेका छौ ।

भोली के छ, तिमी फिरन्तेहरु साइकल चढेर अन्तै भाग्ने छौ । ५०० रूपयाँ किलो नुन र १००० रूपयाँ लीटर पेट्रोल हामीले किन्नु पर्ने हुन्छ ।
भन्छौ, युद्ध गर्छु । युद्ध गर्न पनि मधेशको बाटो भएर सिमामा आउनु नै पर्छ । कहिले थानकोट नकटेको तिमीलाई मधेशको बाटो कसले देखाई दिन्छ ? हिजो, भूकम्प जाँदा २ दिन हिंडेर पनि होस् तिमीहरुलाई गांस, बाँस र कपासको व्यवस्था यही मधेशीले नै गरेको हो तर बदलामा ४० जनाको टाउकोमा गोली हान्यो अनि कसरी देखाई दिन्छ बाटो ।

त्यो दिन याद गर, जव तिम्रो पहाडमा भूकम्प गायो । त्यती बेला हामीलाई लाग्यो हाम्रो आफ्नै भाईको घर ढलेको छ । हामी मधेशीले पहाड दुःखता मधेश रुन्छ भन्ने नाराले सहयोग गर्न पुग्यौं । अहिले तिमीहरुको भावना कता हरायो साथी ?

अहिले हामीलाई अन्तर्राष्ट्रिय निकायलाई गुहार लगाउनु पर्ने अवस्था आएको छ । हामी पनि देश प्रेमी छौं तर ४० जना मधेशीलाई गोली ठोक्दा तिम्रो देश प्रेम कता गयो ?

मानौं सिमामा पुग्यौं, कति शक्तिले गर्छौ सामना ? तिम्रो आधी शक्ति स्थिल छ अहिले । पहिला देशको शक्ति संचय त गर अनि गर्नु युद्दको कुरा । पहिला बिख्रेको राष्ट्रीयता एक गर अनि गर्नु बैकअफको कुरा ।

सक्दैनौ भन्ने देश जिम्मा लगाउ हामी विवेकशिल युवाहरूलाई, हामी चलाउछौं देश । को मधेशी, को पहाड़ी । हामी विवेकशिल युवाको लागि हिमाल, पहाड़ र तराई । कोई छैन पराई ।

सरोज राय – एक विवेकशिल नेपाली

10 COMMENTS

  1. २० लाख नेपाली युवा शक्तिहरु जसले संसार नै बदल्ने आँट गर्छन,बिदेसी भूमिमा रगत पसिना बगाउछन र दिनहु ४ जनाले आफ्नो ईहलिला बिदेसी भूमिमै समाप्त गर्छन ! पाखुरा,तिघ्रा,बल,बुद्दी,सिप जवानी बिदेसी भूमिमै चलाउछन,बिदेसी भूमिलाई सिंचित गर्छन,हराभरा नमुना शहर बनाउछन,तर यहाँ एकल जातीय शासक देस बदल्ने र बिकाश गर्ने ढोंग पिट्छ,जहाँ आइमाई,केटाकेटी,बुडाखाडा,असक्त,बिमार मात्रै देसमा बाँकी रहेकाछन …गज्जब छ …..

  2. i don’t know who is taking them back from appearing to the central politics and show their capabilities. The real fact is that even the madhesi people don’t trust the madhesi leader, the madhesi leader can’t take proper leadership and all they can do is blame to “pahadi” people. The same people who elected the madhesi leader in for the 1st constitution assembly elected the “pahadi” leader for 2nd constitution assembly, Why? It is quite clear . Bcoz , the madhesi leaders are incapable to lead them to prosperity and right. they are quite busy in development of themselves rather than the whole country including madhesi people. and some fools can’t see that. Why do they think that the Madhesis are only neglected, in fact the dalits, janajati and many other people in hilly region are neglected like madhesi peoples too. Why are they blinfolded? If they want to rise, come let’s raise the country as a whole.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.