हुलाकी न्युज, सिरहा। गर्भावस्थादेखि बच्चा दुई वर्ष नपुगुन्जेल हजार दिनसम्म गर्भवती आमा तथा शिशुलाई पूर्ण स्वस्थ राख्ने उद्देश्यले सञ्चालित ‘सुनौलो हजार दिन’ कार्यक्रमको पेश्की फछौंट कमिशको भरमा हुने गरेको रहस्य खुलेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत सञ्चालित यस आयोजनाका लागि विश्व बैंकको अनुदान सहयोग बालुवामा पानीसरह भएको छ ।

सिरहा जिल्लामा आ.व. २०७२/०७३ मा पिछडीएका गाविसहरु सितापुर प्र.ध., गाढा, सोठियाइन, तुल्सिपुर, लक्ष्मिपुर पतारी, दुर्गापुर, औरही, हरकट्टी, सन्हैठा, गौतारी, मझौलिया, महेशपुर पोखभिण्डा, कचनारी, देविपुर, अन्द्रोदयपुर, कर्जनहा, सिक्रोन, भेडिया, डुमरी लगायत २१ साविक गाविसहरुमा सुनौलो हजार दिन कार्यक्रम सञ्चालन रहेको र आ.व. २०७३÷०७४ मा चन्द्रोदयपुर, भेडिया, बरहरामाल, पोखरभिन्डा, कचनारी, देविपुर, कर्जन्हा, सिक्रोन, डुमरी, चिकना र मझौलिया लगायत ११ गाविसमा कार्यक्रमका लागि प्रत्येक गाविसमा अधिकतम २७ लाख सम्म बजेट छुट्टयाइएको थियो ।

उक्त बजेटको बाँडफाट बिनयोजन अनुसार प्रथम किस्ताको पेश्की स्वरुपम गाविसको प्रत्यक वडामा गढन गरिएको समुहको खातामा ३० प्रतिशत रकम जान्छ र त्यसको कार्य सम्पादन भइ पेश्की रकम फटौंट गर्दा गासिव र कोचको मेलोमतोमा ४० देखि ६० हजार सम्म जिल्ला समन्वय समितिको नामा रकम लिएर भ्रष्टाचार गर्नेगरेको रहस्य खुलेको श्रोतको दाबी रहेको छ ।

त्यस्तै बाँकी रहेको ७० प्रतिशत रकम प्रत्येक गाविस स्तरमा रु. एक लाख देखि एक लाख पचास हजार सम्मको रकम कमिशन लिएर जिल्ला समवन्य समिति सिरहाले पेश्की फछायौंट गर्ने गरेको सामाचार सुत्रले बताएका छन् ।

यसरी गर्भवती महिलाको स्वास्थ्य, पोषण, सरसफाई, खोप, सुरक्षित पानीको प्रयोग, धुवाँबाट बच्ने उपाय, खुलादिशा मुक्त, हातधुने लगायतका बारेमा कार्यक्रममा जानकारी दिइन्छ तर गासिव सचिव तथा जिल्ला समन्वय समितिले कार्यक्रमको रकम अनियमितता गरेपछि समुदायले सोचे जस्तो र कार्यक्रमको उदेश्य अनुरुप कामै भएन भनी नाम उल्लेख नगर्ने शर्तमा लक्ष्ति समुहकी सदस्यले बताएका छन् । त्यस्तै यस सम्बन्धमा जिल्ला समन्वय समिति सिरहाका प्रमुख सुरेश राउतसँग बुझन खोज्दा वहाले प्रयोग गर्ने कार्यालयको मोबाइल नम्बरमा कल रिसिभ भएन । सभार: अपन दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.