हुलाकी न्यूज, वीरगंज, ९ असोज । शनिबार पनि भारतसँग सीमा जोडिएका सबै मुख्य नाका बन्द छन् । वीरगंज नाका लगातार तेस्रो दिन बन्द रहेको छ । प्रदर्शनकारीहरु बिहिबार बिहानैदेखि वीरगंज नाकामा धर्ना दिएर बसेका छन् । दिन रात केही नभनी उनीहरु नाकामा खाने र सुत्ने पनि गरिरहेका छन् ।

शनिबार अन्य नाकाहरुमा पनि धर्ना दिएर बन्द गराइने भएको छ । रौतहटको गौर र बैरगिनीया नाका, महोत्तरीको भिठ्ठामोड नाका लगायतका नाकामा प्रदर्शनकारीले धर्ना दिँदैछन् ।

भिठ्ठामोड नाकामा धर्ना दिन नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा गएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.