अमरेश जीको हुलाकी न्यूज़संगको अन्तर्वार्ता पढनुस। वहालाई कांग्रेसका तीन नेताले मात्र मधेसको माँग संसदबाट संबोधन गराउने बचन दिएको मात्र होइन कि केपी ओली र प्रचण्ड समेतले सहयोग गर्ने भनेको हुनाले वहाँले संविधानको विधेयकमा सही गरेको हो र वहाँले महाधिवेशन समेतमा सो माँग राख्ने बताउने भएको छ तर पार्टी न छोड़ने अडान पनि राखनु भएको छ।

संविधान संसोधनमा गर्न दुई तिहाई बहुमतको ज़रूरी पर्ने हुन्छ। सो दुई तिहाई बहुमत कॉंग्रेस, एमाले, माओवादी नमिलुन्जेल पुरा हुनेवाला छैन। त्यसमा पनि संसोधन नयॉ सरकार गठन अगाडी हुने की गठन पश्चात। गठन अगाडी भए त संसोधनबाट माँग पाउन सकिएला तर गठन पश्चात संसोधन गर्ने तीन दल वीच सहमति मान्ने भए संसोधन कहिले हुनेवाला नै छैन।

प्रधानमन्त्री पद तथा अन्य पदकोलागि संघर्ष शुरू हुन्छ। केपी ओली प्रतिको विश्वास भारतले पनि गर्न सक्दैन। उसको जोड़ शेरबहादुर वा बाबुराम प्रधानमन्त्री होओस भन्ने रहन्छ त्यसमा प्रचण्ड र ओलीको सहमतिको कुनै संभावना नै रह्दैन। सांसदहरूको मत विभाजन गराई पदहरू व्यवस्थित गरिने छन र झगड़ा प्रायोजित रूपमा अगाडी बढ़ने छ। दुई तिहाई एक ठाउमा कहिले हुदैन र संविधान संसोधन हुदैन। यी सब खस बाहुन क्षेत्रीहरू अब आपसमा झगड़ा शुरू गर्नेछन र जनतामा मलाई दुई तिहाई देउ आदीवासी, मधेसी, थारूको माँग संवोधन गर्नुछ भन्दै यही अमरेश सिंह पुन आफ्नो पार्टीको झण्डा बुलन्द गर्दै मधेसमा प्रवेश गर्छन।

यो खसहरूको full proof strategy हो। निर्वाचन त यही संविधानले हुने हो, क्षतविक्षत मधेसी, थारू, आदीवासी/जनजाति, दलित हरूको मत को कुनै मुल्य नै हुदैन। फेरी आन्दोलन, फेरी शहीद हुने चक्र पुन: शुरू हुनेछ। परिवर्तनकारी शक्ति होसियार हुनु पर्छ। उधारों संझौता कुनै पनि हालतमा मान्नु हुदैन, आन्दोलन स्थगन कुनै पनि हालतमा हुनु हुन्न। मधेसी मोर्चाको नेताहरूको चेत खुलोस।

हाम्रो Bottom line

१. औपचारिक/ अनौपचारिक वार्ता भए पनि आन्दोलन स्थगन कुनै पनि हालतमा हुनु भएन।

२. अन्तरिम संविधानको प्रावधान र मधेसी मोर्चा तथा अन्य stake holder हरूसंग भएको संझौता अनुसार वर्तमान कोईराला सरकारद्वारा नै संविधान संसोधन हुनु पर्दछ। दुई तिहाई पुर्याउने ज़िम्मा यी संविधान जारी गर्ने तीन दल कै हुनु पर्ने।

३. संविधान संसोधनको प्रकृया पुरा भए पछि मात्र आन्दोलन फिर्ता।

४ यदी माथिका कुरामा सहमति भएन भने आन्दोलनको रापले यो संविधान नै पुनर्लेखन गराउने उपाय बाहेक अरू केही हुने छैन। मधेसी जनताको जुन सोच छ की यो अन्तिम युद्ध हो जिते मधेस पाईन्छ मरे स्वर्ग गईन्छ एकदम ठिक हो। मधेसी नेताहरूलाई जनताले खबरदारी गरिराख्नु पर्छ। मधेसी माँग पुरा नहुनजेल यो संविधानको कार्यान्वयन कुनै पनि हालतमा गर्न दिदैनौ। जय मधेस!!!!

आत्माराम प्रसाद साह पूर्व सभासद् हुन् ।

अमरेश सिंह भन्छन्,‘अहिले प्रतिक्षामा बसेको छु’

2 COMMENTS

  1. भारतीय नाकाबन्दीको भुतले तर्सेकाहरुलाई मेरो सुझाव, पहिले आफ्नो घर ठिक पार, छिमेकी सँग मिलेर प्रतिकार गरौंला…. घर ठिक नभए सम्म आज भारतले गर्दै छ भोलि तिब्बतको विषयले चीनले गर्ला….छिमेकीले फाइदा मात्र लिने हो दिने होइन, चेतना भया

    • बकर इदको अवसरमा हार्दिक शुभकामना !!!
      मुस्लिम धर्मावलम्बीको महान् चाड बकर इदको पावन अबसरमा नेपाली जनता दल सम्पूर्ण मुस्लिम मित्रहरुमा शुभ-कामना ब्यक्त गर्दछ । नेपाल बहु-सांस्कृतिक मुलुक हो र हाम्रा नागरिकले मान्ने हरेक धर्म संस्कृति हाम्रा सम्पति हुन् । बकर इदको उपलक्षमा सामाजिक सदभाब, राष्ट्रिय एकता र शान्तिको कामना गर्दछौ।
      अध्यक्ष, हरिचरण साह
      तथा
      नेपाली जनता दल परिवार
      Nepali Janata Dal’s photo.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.