हुलाकी न्युज, जनकपुर | करीब एक महीना पहिला बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको निर्णयले जलेश्वर महादेव मंदिरको मूल द्वारलाई भत्काइ अर्को द्वार बनाउन ठेकेदार व्रक्हायणी कामख्या ज्वाइन्ट भेन्चर कोटेश्वर काठमाण्डौलाई ठेक्का दिइएको थियो ।

जलेश्वर मंदिर द्वारको मानबीय बिध्वंसलाई विकाश संग केही सम्बन्ध छैन | इसको सम्बन्ध छ, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको अनूचित निर्णयको के हामी संग पैसा भई दिएमा जनकपुर जानकी मंदिरलाई तोडना लगाऊ छौ ? हाम्रो सम्पदा, हाम्रो संस्कृति को केहि मूल्य छैन ? मूल्य छ | महा-भूकंपमा बिनाश भयेका दर्जनौ मठ मंदिरलाई, आज करोडौ खर्च गरि पुनर्निर्माण गर्दैछौ |

हजारौ साल पुरानो लुम्बिनीको बुद्ध स्तम्भलाई जोगाएर राखेका छौ | काठमांडू उपत्यकाको मल्ल कालीन दरवारलाई UNESCO ले सम्मानित र बार्षिक करोड़ोको ख़र्चामा संरकक्षन् गर्दैछ | जलेश्वर मंदिरको इतिहास हजारौँ बर्ष पुरानो छ।

२०० बर्ष पहिलेको राजा गिरवान युद्धका ताम्रपत्रले यसको इतिहासलाई सम्मानित गरेको छ। अनेकौ दाताको लगानीमा मंदिरले आफ्नो गौरब निर्माण गरेको छ। ईसब अतीत र गौरब बोकेको जलेश्वर मंदिरको सम्पदालाई पैसाको बलमा नष्टपार्न खोजिएको छ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद संग साधन र श्रोत हुनु राम्रो कुरा हो, सँगसँगै राम्रो निर्माणको नियत र नीति हुनु आबश्यक छ। जलेश्वर मंन्दिरमा धर्मशाला र शौचालयको खाँचो बर्सो देखीको छ | नाला र फोहरको बस्थापनको जरुरी छ। गर्मीमा यात्रुलाई शीतल पानी खाने रेफ़्रिजरेटरको जरुरी छ।

शुद्ध र स्वस्थ पानी खान फ़िल्टरको खाँचो छ। मंदिर संग जोड़िएको दुइ पोखरीको मर्मत संभारको खाँचो छ। जलेश्वरको विकाशको लागि चाहिने धेरै कुराको खाँचो छ | यस्तो बिकाशको खाँचो , जनकपुर र वरिपरिका धेरै पौराणिक स्थलको पनि छ।

यस्तो परिस्थितिमा , एउटा धरोहरलाई भत्काउने कारण के ? मंदिरको पुरानो द्वारले दैनिक हजारो यात्रुलाई घाम -पानीबाट सुरक्छा प्रदान गर्दैथिए। रात्रिको समयमा करीब २०० यात्रीलाई धर्मशालाझै आश्रय प्रदान गर्ने छ्मता थियो। पुष्प – माला बेचनेलाई स्थान दिएको थियो।

भत्काउने क्रममा नस्ट भएको बरको रुखले थप अपूरणीय छती भएको छ। बाताबरणमा शुद्ध हावाकमी महसुस हुने छ। यात्रु अब बररुखको शीतलता पाउन , मंदिर अगाडी ठाउ पाउने छैन। र मंदिर द्वारको सुरक्क्षा गर्ने छैन। अब हामी सक्दो प्रयास गरौ। सम्पदाको संरकक्षन् गरौ र मंदिर द्वारको पुराणों संरचना पुनर्निर्माण गरौ । पुरानो संरचना को पुनर्निर्माणले स्वर्गीय रधुनन्द ठाकुरको दानको इज्जत गर्ने छ। र भबिष्य मा रधुनन्द ठाकुर जस्तै समाजको अन्य दाता जलेश्वरको गौरबको लागी अगाड़ी आउने छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.