हुलाकी न्यूज, काठमाडौं । नेपाल प्रहरी भित्र विभेद भएको भन्दै दुई जना मधेशी प्रहरी अधिकारीहरुले राजिनामा दिने बताएका छन् । प्रहरी संगठनभित्र मधेशी र पहाडीको संकुचित मानसिकता हावी रहेको बताउँदै उनीहरुले राजिनामा दिन लागेको बताएका छन् ।
हुलाकी न्यूजसँग कुराकानी गर्दै प्रहरी उपरीक्षक अनुराग द्धवेदीले आफुहरु कुसल पुर्वक काम गर्दै आएपनि जातीय विभेदका कारण आफुहरुलाई विनाकारण हेडक्वाटर सिझाई दण्डित गर्ने काम भएको बताए ।
हेडक्वाटर बोलाएको पनि यति दिनसम्म हुँदासमेत कुनै जानकारी नदिएकोले आफुहरु राजिनामा दिने तयारी गरेको द्धवेदीले बताए ।
जिल्लामा शान्तिसुरक्षा चुस्त राख्दा राख्दै पनि आफु निकटकालाई पठाउन विना कारण पर्सा र सप्तरीका प्रहरी उपरीक्षकलाई हेडक्वाटर तानेको प्रहरी स्रोतको भनाइ रहेको छ ।
पर्साका प्रहरी उपरीक्षक गोविन्द साह र सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्धिवेदीलाई विना कारण हेटक्वाटर तानिएको छ । उनीहरुले आफ्नो कार्यकुशलता देखाउँदै जिल्लाको सुरक्षा अवस्था मजबुद बनाएको स्थानीयवासीहरुले अनुभुत गरेका थिए ।
गत एक सातादेखि जिल्लाबाट बोलाएर हेडक्वाटरमा राखेको र बोलाउनुको कारण समेत नबताउँदा आफुहरुले राजीनामा दिने तयारी गरेको प्रहरी उपरीक्षक गोविन्द साहले बताए ।
आफुहरुलाइ बोलाउनुको कारण बारे जानकारी लिन एक सातादेखी प्रहरी महानिरिक्षकलाई भेट्न खोजे पनि समय नदिएको र आज अचानक काजमा अरुलाई नै जिल्लामा खटाइएको भन्ने खबर आफुरुले पाए पछि पदमा बसिरहनु उचित नभएको भन्दै दुवै जनाले राजिनामा दिने बताए ।
पर्साका प्रहरी उपरिक्षक साहलाई हेडक्वाटर झिकाइएको घटनाका बारेमा जिल्लाका स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु पनि चकित बनेका छन् । हेडक्वाटरले साहको ठाउँमा सुदिप गिरी र द्धिवेदीको ठाउँमा मुकेश सिंहलाई खटाएको छ ।




मधेसमा “मधेसी हाकिमले जति सताउँछ र शोषण गर्छ, घुस माग्छ, भ्रष्टाचार गर्छ त्यति त कुनै अर्कोले दुख दिदैनन” यो भनाई मेरो होइन, कुनै एक मधेसी नेपालीको हो । तर सबै मधेसी हाकिम यस्ता छैनन् । कुनै कुनै मधेसी हाकिम कर्मचारी त यस्ता पनि भेटिएका छन की सरकारी कामको सिलसिलामा लेनदेनको कुरा झिक्यो भने हिर्काउन बेर गर्दैनन् । तर कुनै कारणवस कारवाही वा मन नपरेको ठाउँमा सरुवा गरिदियो भने ‘मधेसी उपर भेदभाव भयो वा जनजाती बिरुद्ध भेदभाव भयो’ भनेर आफ्नो माग पूरा गर्न वा गल्तिबाट उम्किन यस्ता साम्प्रदायिक आरोपको सहारा लिने गरिएको पाइन्छ । यस्तो केसमा यस्तो बचाउको तरिकाले हाम्रो देश नेपालमा ब्रान्डको रूप धारण गरिसकेको छ । त्यसैले यी दुई जना प्रहरी अधिकृतको यो आरोप ब्रान्डेड हो वा होइन भन्ने बिषय या त नेपाल प्रहरी प्रधान कार्यालय वा सम्वन्धित जिल्लाका भुक्तभोगीहरुले जान्ने कुरा हो ।