हुलाकी न्युज, सिरहा । असार महिना बित्न लाग्दासमेत सिरहामा हालसम्म करिब १० प्रतिशत मात्र धान रोपाइँ भएको छ । जिल्लाको कतिपय स्थानमा अत्यधिक वर्षा त कतिपय स्थानमा वर्षा नै नभएकाले करिब ९० प्रतिशत खेतीयोग्य जग्गामा रोपाइँ हुन सकेको छैन । यस वर्ष ढिलो गरी धानको बेर्ना तयार भएको र एकनासले जिल्लाचरी वर्षा नभएका कारण अत्यन्तै कम रोपाइँ हुन सकेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख रामचन्द्र यादवले जानकारी दिए।

“वर्षा भएका स्थानका किसान धमाधम रोपाइँ गरिरहेका छन्, नभएको स्थानमा मोटर तथा अन्य बैकल्पिक सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन्,” उनले भने। यस्तै कृषि मजदुरको आभावमा समेत धान रोपाइँ प्रभावित भएको छ । सिरहामा भदैया, चैते र वर्षे धान उत्पादन हुँदै आएको छ । जिल्लामा कुल कृषियोग्य क्षेत्रफल ७३ हजार ९१३ हेक्टर मध्ये ६० हजार ७५७ हेक्टरमा धानखेती हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.