
सिरहा, असार २८ गते । सलहेश क्षेत्र अन्तर्गत रहेको सिरहाको ६ वटै पर्यटकीय स्थलहरुको प्रवद्र्धन र विकासले सिरहामा समृद्धिको अधार वन्ने सरोकारवालाहरुले एक कार्यक्रमको विच बताउनु भएको छ । पर्यटकीय स्थलहरुको विकासको लागि स्थानीय तह जिम्मेवार हुनु पर्नेमा जोड दिएका छन ।
वैशाख १ गते नयाँ वर्षमा लाग्ने सलहेश फूलवारी, मानिक दह, पकडिया गढ, पतारी पोखरी लगषयका सलहेशको जीवन गाथासंग जोडिएको स्थलहरुमा भारतवाट समेत गरि लाखौ पयृटकीय भित्रिएपनि पयृटकीय टिक्ने सुविधा नभएको कारण करोडौ आम्दानी हातवाट छुटिरहेको अवस्था रहेको सरोकारवालाहरुले बताउदै पयृटकीय स्थलहरुको विकास भएमा यूवाहरुले रोजगारी पाउने संभावना होटेल व्यवसाय फस्टाउने अवस्था रहेको भन्नुभयो ।
सलहेश पर्यटन प्रबद्र्धन विकास समितिले लहानमा आयोजना गरेको गोष्ठीमा सलहेश पर्यटकीय क्षेत्र अन्तर्गत सिरहाको सलहेश फूलवारी , वाला सुन्दरी भगवती मन्दिर, सारस्वरनाथ महादेव मन्दिर, नन्दबाबा मन्दिर, धमिनी थान, पतारी पोखरी सिरहामा पर्छ भन्ने किसना राम स्थल लोहजरा दह, धर्मेश्वर महादेव, मान राजा, चन्द्रभाग भगवती, विष्णु मन्दिर, सन्त कविर बाबाजी, लक्ष्मी नारायण मन्दिर, शम्भुनाथ मन्दिर राजदेवी मन्दिर ठेलिया मन्दिर भजनेश्वर मन्दिर कंकालनी मन्दिर मझौ भगवती, बलिया मठ, सकरपुरा हनुमान मन्दिर छिन्नमस्ता, कनकपटी पखौल बैद्ध स्तुप, मस्जिद रहेको सलहेश क्षेत्र पर्यटन प्रबद्र्धन समितिले उल्लेख गरेका छन ।
पर्यटकीय स्थलको विकासको लागि यसको धार्मिक पक्षको प्रचार प्रसार र महिमा जनजन स्तरमा पुरयाउन यसको ऐतिहासिक धार्मिक विषयलाई समेटेर संस्कृतिविद राम भरोसी कापर, र लहान जेएस मुरारका क्याम्पसका प्रध्यापक हिरालाल कर्णले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमा धार्मिक पयृटकीय स्थलको महिमा भारत दुर दराजका भक्तजनहरुले बुझे पनि स्थानीयहरुको ध्यान नगएको तथ्य औल्याउनु भएको थियो ।
नेकपा एमालेको केन्द्रिय सदस्य तथा सिरहा २ का सांसद राम चन्द्र यादवले सलहेश फूलवारीको प्रबद्र्धन लोकतन्त्र वहाली भएपछि सरकारले वजेट छुटयाएर दिन थालेको भन्नुहुँदै यसको प्रचार प्रसारको लागि स्थानीय तहले योजना , गुरु योजना वनाउन नसकेको कमजोरी पक्ष रहेको बताउनुभयो । स्थानीय तहले आफनो चुनावी घोषणा पत्रमा समेटेर साझा घोषणा पत्र बनाउनु पर्ने प्रष्टयाउनुभयो ।
लहान नगरपालिकाको पूर्व मेयर तथा नेकपा एमालेवाट लहान नगरपालिकाको तेश्रो चरणको निर्वाचनको लागि उम्मेदवार सिफारिस हुनु भएको मुनि साहले पर्यटकीय भित्राउने संभावना लहान नगरपालिकानमा वढी रहेकोले यसको लागि सवै धार्मिक क्षेत्रहरुलाई जोडने धार्मिक सडक र सलहेश फूलवारी क्षेत्रमा होटेल, शान्ति सुरक्षा र सफाईको कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा शहरी विकासका केन्द्रिय सदस्य राजेन्द्र चौधरी, वस्तीपुर गाविसका पूर्व अध्यक्ष गंगा प्रसाद यादव जिल्ला प्रशासन प्रमुख कृष्ण श्रोष्ठ र लहान नगरपालिकाको कार्यकारी अधिकृत गजेन्द्रनाथ शर्मा लगायतकाले सिरहा लहानको समग्र विकासको लागि सिंचाई र पर्यटन नै रहेकोले स्थानीय चुनाव सम्पन्न भएपछि यस क्षेत्रको विकासमा स्थानीय तहले जोडतोडको साथ लाग्नुपर्ने सुझाव राख्नुभयो । यस भन्दा अगाडी यस्ता गोष्ठीको आयोजना कहिले पनि नहुने गरेको स्मरण गर्दै सहभागीहरुले पयृटन प्रवद्र्धन समितिको अध्यक्ष मागैन कामैतलाई धन्यवाद समेत दिनु भयो । साभार: अपन दैनिक



