हुलाकी न्युज, रौतहट
। रौतहट जिल्लाको गाविस ब्रहमपुरी हाल गौर न. पा १० मा चलिरहेको सुनौलो हजार दिन कार्यक्रममा लाखौको भ्रष्टाचारीको बारेमा खुलासा भएकोछ। गौर न. पा १० ब्रहमपुरीमा अषाढ १३ गते भएको सुनौलो हजार दिन कार्यक्रम मार्फत केही किशोरीहरुलाई बेग बितरण तथा गाउँको ठाउँ ठाउँमा बिउ बितरण गरी कोच कञ्चन दास लाखौको घोटाला गरेकी छिन्। बिस लाख अर्चालिस हजार पाँच सय अर्चालिस (२०४८५४८) रूपैयाँ को बजेटले केही रुपैयाँ कार्य गराई ब्यापक घोटाला गरेकीछिन। केही दिन बितिसक्दा पनि कोच कन्चन दास अहिले सम्म कार्यक्रमको बिल न दिएको र तिन दिन देखि सम्पर्क बिहीन रहेकोले बजेट घोटाला गरेको संका लागिरहेको छ।भने तीन चार सयमा मिल्ने ब्यागको बारेमा कार्यक्रम स्थलमा सोद्धा यो ब्याग १ हजारको छ भन्ने बताएको थियो।यश भन्दा ठूलो घोटालाके हुन्छ भने सोच्ने कुरा हो। वडा नं ९ का समुह अध्यक्ष सुनैना देवी र त्यही समुहका सचिव मंजू देबी संग सोधपुछ गर्दा हामीहरु र स्थानीय नेताहरुको मिलोमतोमा बजेटको तिन हिंसा खाई सकेको र एक हिंसाको काम भएको देवीले बताएकीछिन।भने देवीले भने कि कसको पावर हो छानबिन गरेर हेराओस खुल्ला च्यालेन्ज गरेकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.