
हुलाकी न्युज, धनुषा | धनुषामा आइतबार देखि सुरु गरिएको अवैध रुपमा विना दर्तामा संचालनमा रहेका निजी विद्यालयहरुको अनुगमन गरि बन्द गराउने अभियान जारी रहेको छ ।
जनकपुरबाट सुरु गरिएको अभियान सोमबारसम्म ८ बटा विद्यालयको अनुगमन गर्दै तत्कालै केही विद्यालयलाई बन्द गर्न निर्देशनसहितको पत्र काटिएको छ ।
धनुषाका उप-जिल्ला शिक्षा अधिकारी मेहीलाल यादवको संयोजकत्वमा गठित ७ सदस्यीय टोलीले आईतवार ३ वटा विद्यालय र सोमवार ५ वटा विद्यालयमा अनुगमन गर्दै जनकपुरको माछा बजारस्थित ज्ञान पाठशाला बोर्डिङ्ग स्कुल विना दर्ता कक्षा ५ सम्म संचालन गर्दै विना भौतिक पूर्वाधारको होस्टेलसमेत संचालन गरेकाले तत्कालै स्कुल बन्द गर्न निर्देशनसहितको चिठठी काटिएको छ । Source: Deependra Singh



