हुलाकी न्युज, महोत्तरी – ब्युटिसियनलाई अपहरण गरेर सामूहिक बलात्कार गर्ने चार युवा पुर्पक्षका लागि जेल चलान भएका छन् । गत जेठ २८ गते साँझ औरही बजारबाट आफ्नो ब्युटी पार्लर बन्द गरेर साइकलमा चढी घर फर्कने क्रममा फूलबरीया निवासी २० वर्षीया एक युवतीलाई स्थानीय चार युवाले अपहरणको शैलीमा नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेका थिए ।

जील्ला न्यायाधीश दीपकराज पन्थको इजलाशले औरही गाउँपालिका–२ का २२ को सुनिलकुमार साह, सुरेशप्रसाद यादव, रमेश पञ्जियार र अनिकेतकुमार यादवलाई पुर्पक्षका लागि जलेश्वर कारगार पटठाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.