हुलाकी न्युज, सिरहा। जिल्ला अस्पताल सिरहामा उपचारको लागि आएका एक विरामीलाई भेन्टिलेटर नहुँदा बचाउन सकिएन् । सर्पको टोकेपछि उपचारको लागि जिल्ला अस्पताल सिरहा आएका सन्हैठाका ४० वर्षिय जोगेन्द्र सदायको मृत्यु भएको छ ।

सर्पको टोकाइबाट घाईते भएका सदाय विहान सवा ३ बजे जिल्ला अस्पताल सिरहामा भर्ना भएका थिए । उपचार सुरु भएपछि आईतवार विहान पौन ६ बजे सर्पको विषले प्रभाव देखाउन थालेपछि उनलाई एन्टी स्नेक भेनम दिईएको जिल्ला अस्पताल सिरहाका प्रमुख डा चुमनलाल दासले बताए । पाखुराको पछाडीपट्टी सर्पले टोकेको सदायको अवस्था विग्रिएपछि चिकित्सकले थप उपचारको लागि बाहिर लानुपर्ने सुझाव दिएका थिए । जिल्ला अस्पतालमा भेन्टिलेटर नहुँदा उपचार गर्न सम्भव नहुने भन्दै उपचारमा संलग्न चिकित्सकले थप उपचारको लागि रेफर गरिदिएका थिए । डा दास भन्छन, ‘यहाँ भेन्टिलेटर भएको भए गम्भीर अवस्थाकालाई पनि बचाउने सम्भवना हुन्छ । तर भेन्टिलेटर नहुँदा कठिन छ ।’ ‘जिल्लामा भेन्टिलेरको अत्यन्तै जरुरी छ,’ उनले भने, ‘भेन्टिलेटर लगायतका सुविधा भए उपचारमा सहजता आउने निश्चित छ । ’ यता सर्पको टोकाईबाट मृत्यु भएका सदायका परिवारका सदस्य र केही स्थानीयले जिल्ला अस्पताल सिरहामा लापरबाहीको आरोप लगाएको छ । उपचार हुन नसक्ने भन्दै समयमा बताएको भए आफूहरु बाहिर लगेर उपचार गराउन सक्ने भन्दै उनीहरुले चिकित्सकहरुप्रति खनिएका थिए । स्थानीय गोपाल यादवले भने, ‘चिकित्सकले लापरबाही गरेको छ । त्यसैले मृत्यु भएको हो । उपचार गर्न सकिदैन भनिदिएको भए हामी अर्को ठाउँ लान्थे ।’ केहीबेर जिल्ला अस्पतालमा शव राखेर विरोध गरेका उनीहरु चिकित्सकले आफूहरुको कुनै लापरबाही नभएको बताएपछि शान्त भएका थिए । एसके कामति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.