हुलाकी न्युज, सप्तरी
 – निरन्तरको वर्षाका कारणले सप्तरीमा पसेको बाढीबाट समस्यामा परेका रायपुरका बासिन्दा र  रुपनी गाउँपालिका–२ मा राहत वितरण गरिएको छ ।

विवेकशील नेपाली सुनसरीको सहयोग र सप्तरी युथ नेपालको समन्वयमा यहाँका करिब ६० परिवार बाढीपीडितलाई राहत वितरण गरिएको सप्तरी युथ नेपालले जनाएको छ ।

उनीहरुलाई च्यूरा, भुजा, चाउचाउ, बिस्कुट, खानेपानी र लत्ताकपडालगायतका राहत वितरण गरिएको बताइएको छ ।

यसैबीच रुघाखोकी, ज्वरो, झाडापखालाबाट बच्नका लागि बाढीपीडितलाई नेपाल मेडिकल सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन धरानले औषधिसमेत वितरण गरेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.