
हुलाकी न्युज, महोत्तरी | महोत्तरी जिल्लाको सदरमुकाम जोड्ने सबै सडकहरु दुई दिनदेखि लगातार पानी परिरहेको कारणले हिलाम्मे भएपछि यातायात सेवा प्रभावित भएको छ |
महोत्तरीमा लगातार सोमवार देखि लगातार परिरहेको पानिको कारणले जलेश्वर–मटिहानी सडकखण्ड, जलेश्वर–सम्सी सडकखण्ड, भिठामोड जलेश्वर जनकपुर सडकखण्ड, जलेश्वर–रौजा सडकखण्ड लगायतका सडकहरु हिलाम्मे भएका छन् ।
लगातार परिरहेको पानीको कारणले जलेश्वर मटिहानी सडकखण्डमा बस सेवा बन्द हुन पुगेको छ भने सम्सी जलेश्वर सडकमा समेत यातायात बाधित हुन पुगेको छ ।
महोत्तरीको परिक्रमा सडक अन्तर्गतको जलेश्वर मटिहानी सडकखण्डको दुई ठाउँमा माटो राखिएको कारणले धेरै हिलो भएको छ जसले जान आउन समस्या उत्पन्न भएको मटिहानीका रंजित कापरले जानकारी गराएका छन् ।
महोत्तरीको हुलाकी सडकमा पर्ने जनकपुर भिठामोड सडक, जलेश्वर सम्सी सडकको अवस्था समेत पानीले गर्दा हिलाम्य भई यातायात सेवा प्रभावित बन्न पुगेको छ । वर्षाका कारण सडकमा ओहोरदोहोर गरिरहने गाडीहरु सो सडकखण्डहरुमा हिलो र पानी जमेर सडकमा बस, जिप, ट्यांकर, ट्रक, टेम्पो, अटोरिक्सा र मोटरसाइकल समेत चलाउन नसकिने अवस्था छ ।



