
हुलाकी न्युज, सप्तरी | सप्तरीमा आएको बाढीका कारण सकरपुराका बाढी पिडितहरुका लागि राजपा मोरंग द्वारा राहत बितरण गरिएको छ |
बाढी पिडितहरुको राहत बितरण कार्यको लागि राजपा नेपाल नगरकार्य समिति मोरंग बिराटनगरले सप्तरीको सकरपुरामा राहत बितरण गरिएका छन् | बाढी पिडितहरुका लागि राजपा नेपाल द्वारा चामल, दाल, सबजी, चाउचाउ, नुन ,पानी लगाएतका सामग्रीहरु बितरण गरिएको हो |
सप्तरी बाढी पिडितका लागि राहत सामग्री कार्यमा राजपा नेपालका मोरङ नगर समितिको अध्यक्ष मो. नसरू, राजपा विद्यार्थी संगठनको केन्द्रीय अध्यक्ष किशोर कुमार यादव, राजपा नेपालको युवा नेता गुडु सिंह, टुनटुन दास , राजपा नेपाल मोरङ जिल्ला सदस्य शंकर मुखिया लगाएत नेताहरुको सहभागी रहेका थिए |



