हुलाकी न्यूज, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका छवटा पार्टी मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी नेपाल आज(बुधबार) निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।

राजपाका उपाध्यक्ष बृषेश चन्द्र लालले हुलाकी न्यूजलाई दिएको जानकारी अनुसार पार्टी दर्ताका लागि आवश्यक विधान निर्माण भइसकेको र बुधबार दर्ताका लागि निर्वाचन आयोगमा जानेछ ।

महासचिव केशव झाका अनुसार मंगलबार अबेररातीसम्म एकीकृत पार्टीको विधान र घोषणा पत्रलाई अन्तिम रुप दिइएको छ । बुधबार विहान अध्यक्षहरुले हस्ताक्षर गरेपछि बुधबार नै दर्ता प्रक्रियामा जाने झाले बताए ।

आन्दोलनरत राजपाले आफुहरु आन्दोलनमा रहेको भन्दै पार्टी दर्ता गराउन सकेको थिएन । पार्टीभित्र पनि विधान निर्माणको विषय लम्बिएको थियो ।

विधान निर्माण समितिले सिफारिस गरेको विधानमा केही हेरफेर गरी अध्यक्ष मण्डलले अन्तिम रुप दिएको प्रवक्ता कृष्णा सिंहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.