
हुलाकी न्युज रौतहट | बेल्जियममा बस्दै आईरहेकी समाजसेवी यसोदा थापाको बिशेष पहलमा रौतहटका २० जना असहाय, गरिब, दलित, अनाथ बालबालिका र अपाङहरुलाई राहत सामाग्री वितरण गरिएको छ ।
बेल्जियममा बस्दै आईरहेकी समाजसेवी थापाले अपांग र असहायका सहारा बनेकी छिन् | बिगत १७ सालदेखि बेल्जियममा बस्दै आईरहेकी थापाले रौतहटका जिल्लामा धेरै जसो ठाउँमा गरिब, दलित, अनाथ बालबालिका र अपाङ लगायत असहाय व्यक्तिहरुलाई विभिन्न किसिमको सहयोग गर्दै आएकी छिन् ।
गौर नगरपालिका साविक झुन्खुनवा टोलमा ६५ वर्षिया भगवनीया देवी दास, ७० बर्षीय फुलमतीया देवी, सुरेन्द्र दास तत्माको १५ महिने अनाथ छोरा र ३ बर्षीय छोरीलाई राहत दिएको छ |
परोहा गाउँपालिका बसन्तपटी टोलका ७५ बर्षीय गाणेशी देवी, ५८ बर्षीय नगिना देवी राम, वडा नं ८ रामपुरखाप टोलका ११ बर्षीय राज मोहम्द, लौकाहा पोखरी टोलका २० बर्षीय मो. असरे आलम, ३७ बर्षीय मो. नुरसिद आलम, माधवनारायण गाउँपालिका माधोपुर टोलका ३५ बर्षीय रामश्रेष्ठ ठाकुर, ५५ बर्षीय जवाहीर यादव, राजपुर गाउँपालिका फतुवा टोलका २४ बर्षीय मो. अतिकुर रहमान र १३ बर्षीय मो. सावीर लगायत २० जना गरीब, दलित, बस्तीमा अपाङ्गर एकल महिलालाई सहयोग गरिएको हो |



