हुलाकी न्यूज, काठमाडौं । स्थानीय निकायको दोस्रो चरणको निर्वाचनको मतपरिणाम आइरहँदा संघीय समाजवादी फोरम नेपालको अवस्था निकै कमजोर देखिएको छ । झन् फोरम नेपाल पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसँग सहकार्य गरेर चुनावमा उठेको छ । केही स्थानमा फोरमले माओवादी केन्द्र तथा अन्य पार्टीहरुसँग पनि सहकार्य गरेको छ ।

करिब एक सयभन्दा बढी स्थानको मतपरिणाम आइसक्दा फोरम–नयाँ शक्तिले जम्मा एउटा गाउँपालिका अध्यक्षमा विजय हासिल गरेका छन् भने दुई गाउँपालिकामा अगाडि रहेको छ । केही वडामा पनि फोरम–नयाँ शक्तिले विजय हासिल गरेको छ ।

फोरमका नेता राजेन्द्र श्रेष्ठले परिणाम संतोष जनक नभएको बताउँदै धेरै कमिकमजोरीहरु भएको बताए । उनले अव फोरम नेपाल आफ्ना माग सम्बोधनका लागि सडक आन्दोलन मै जाने बताए ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै फोरम नेपालका नेता लालबाबु राउतले भने,‘हामी हाम्रो एजेण्डालाई छोडेका छैनौं । हामी आन्दोलन पनि छोडेका छैनौं । अवको आन्दोलनको विषयमा पार्टीमा छलफल भएर निर्णय हुनेछ । तर चाँडै नै हामी आन्दोलनमा जाँदैछौं ।’

तत्कालै सडक आन्दोलनमा गइहाल्लने सम्भावना नरहेको बताउँदै राउतले आफुहरुको माग सम्बोधनका लागि जे पनि गर्ने बताए । उनले आन्दोलनमा पुनः फर्किनुअघि सरोकारबालाहरुसँग छलफल हुने बताए ।

दोस्रो चरणको स्थानीय निकायको निर्वाचनको मत परिणाम बारे राउतले आफुहरुको मत परिणाम संतोष जनक रहेको बताउँदै आफुहरुको संगठन भएको ठाउँमा आफुहरुले जितेको दावी गरे ।

उनले मधेशवादी दलहरु मिलेर निर्वाचनमा नजाँदा अधिकांश स्थानमा हार भएको बताउँदै राजपालाई इकिंत गर्दैसंगै मिलेर निर्वाचनमा गएको अवस्थामा राम्रो हुने बताए ।

फोरम नेपालले बाँकेको नैनापुर गाउँपालिकामा विजय हासिल गरेको छ । कपिलबस्तुको मायादेवी गाउँपालिका र रुपन्देहीको रोहिणी गाउँपालिकामा फोरम आइतबार विहानसम्म अगाडि रहेको थियो ।

3 COMMENTS

  1. madhesi janta jaga chuki hai upendra sir aab itan asan nahi hai bebkuf banana …….. jay madhes dhanybad madhes ke bare me sochane ke liye

  2. तिमि भन्दा रा ज पा नै राम्रो, कम्तीमा आफ्नो मागको हठ गरेर त बस्यो !
    तिमि त धोबीको गधा झैँ भइउ, न घरको न घाटको !
    ??????

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.