हुलाकी न्युज, सिरहा | गएराति(बिहिवार) सिरहाको मिर्चैयामा अज्ञात व्यक्तिले एउटा मोटरसाइकलमा आगजनी गरेको छ ।
मिर्चैया न.पा ५ थाना चौकमा छोटु पान पसल संचालन गर्दै आएका शिबनन्दन साहको स २ प ९५९९ नंम्बरको मोटरसाइकलमा आगजनि गरिएको छ ।
राति पसल बन्द गरि पसलको छेउमा मोटरसाईल राखिएको अबस्थामा अज्ञात व्यक्तिहरुले आगजनि गरिएको पिडित साहले बताए । आपसी रिसिबीको कारणले मोटरसाइकलमा आगजनि गरिएको हुन सक्ने पिडित साहको बताएको छ ।
यता, मोटरसाइकलमा आगजनि गरेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिई अनुसान्धान गरिरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए ।
अनुसन्धानमा असर पर्ने भन्दै पक्राउ परेकाहरुको नाम गोप्य राखिएको डिएसपी बज्राचार्यले जनाएको छ । अन्जय साहको फेसबुकबाट



