हुलाकी न्यूज, काठमाडौं । संयुक्त राज्य अमेरिकाले मधेशमा निर्वाचनका लागि वातावरण बनाउन नेपाल सरकारसँग आग्रह गरेको छ । अमेरिकाले दुई नम्बर प्रदेशमा निर्वाचनका लागि सबै पक्षसँग सहमति गर्न आग्रहसमेत गरेको छ ।

अमेरिकाले विहीबार एक प्रेस वक्तव्य जारी गर्दै आगामी असोज दुई गते हुने भनिएको दुई नम्बर प्रदेशको निर्वाचनका लागि वातावरण बनाउन आग्रह गरेको हो ।

काठमाडौंस्थित अमेरिकी दुतावासले जारी गरेको उक्त वक्तव्यमा भनिएको छ,‘असोजमा सम्पन्न हुने तेस्रो चरणको स्थानीय निर्वाचनका लागि उचित वातावरण निर्माणका लागि हामी आग्रह गर्न चाहन्छौं । जसले गर्दा प्रदेश नम्बर दुईका नागरिकहरुलाई पनि आफ्नो स्थानीय प्रतिनिधि चुन्नका लागि शान्तिपूर्ण रुपमा आफ्नो लोकतान्त्रिक अधिकार अभ्यास गर्ने यस्तै अवसर प्राप्त हुन सकोस् ।’

अमेरिकाले दुई नम्बर प्रदेशको निर्वाचनमा अन्तर्राष्ट्रिय समुदायलाई परिवेक्षेण गर्न दिन आग्रहसमेत गरेको छ ।
उसले दुई नम्बर प्रदेशमा निर्वाचनका लागि राजनीतिक सहमतिको प्रयास जारी राख्न आग्रह गरेको छ । अमेरिकाले सबै पक्षसँग सम्झौता हुन आवश्यक रहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.