
हुलाकी न्युज,कैलाली | थरुहट आन्दोलन पछि सुरक्षा निकायबाट निकै बल प्रयोग भएको कैलालीको टिकापुर नगरपालिकामा मधेश केन्द्रित पार्टीले अग्रता कायम गरिएको छ |
टिकापुर नगरपालिकामा मेयरतर्फा नेपाल लोकतान्त्रिक फोरम पार्टीका लौटन चौधरीले अग्रता कायम गरेको छ |
प्राप्त पछिल्लो मतपरिणामअनुसार चौधरिले ५९८ मत पाएको छ।
त्यस्तै उपमेयरमा पनि फोरम लोकतान्त्रिककै सुदेशनी चौधरी ५८१ मतले अग्रता पाएकी छिन् |
यसैगरी एमालेका उमेद्वार तपेन्द्र रावल ३२२ मत ल्याई दोस्रो स्थानमा अग्रता कायम गरेका छन् |
उपमेयरमा भने दोस्रो स्थानमा नेपाली कांग्रेसकी केशरी विष्ट रावल छिन् |



