हुलाकी न्यूज, काठमाडौं । मधेशका जिल्लाहरुमा नेपाली सेनाको डरत्रास देखाएर निर्वाचन गराइएको आरोप राष्ट्रिय जनता पार्टीले लगाएको छ ।
पाँच नम्बर प्रदेशमा पर्ने मधेशका अधिकांश जिल्लामा नेपाली सेनाको डर देखाएर निर्वाचनमा सर्वसाधारणलाई सहभागी गराइएको आरोप राजपाका प्रवक्ता कृष्णा सिंहले लगाएका छन् ।
हुलाकी न्यूजसँग सिंहले भने,‘सैनिक ट्यांकर प्रयोग गरेर मधेशको मागघरमा मधेशीहरुलाई डरत्रास देखाइएको छ । नवलपरासी, रुपन्देही र कपिलबस्तुसहित कैलाकीको केही स्थानमा डर देखाएर निर्वाचनमा सहभागी गराइएको हो ।’
यता राजपाका महासचिव राजिव झाले मधेशमा दोस्रो चरणको निर्वाचन सफल नभएको दाबी गरेका छन् । उनले मधेशका गामघरमा सर्वसाधारणहरु मत हाल्न नगएको बताए ।
झाले हुलाकी न्यूजसँग भने,‘मधेशमा अहिले पनि आन्दोलन जारी छ । केही स्थानमा बल र पैसा देखाइएर निर्वाचन गराइएको छ । दुई नम्बर प्रदेशमा त्यो सम्भव छैन ।’




