अर्कना खातुन, काठमाण्डौ, आषाढ ।
सोमबार सरकारले ईदको सार्वजानिक बिदा दिएको छ । देश भरिका मुस्लिम धर्मावलम्बीहरुले एक अर्कालाई खुसि साटासाट गर्दै ईद मनाउँदै छन् ।

एक महिने व्रत अथात रमजान सकेर आज बिहानै देखि मुस्लिम धर्मावलम्बीहरुको घर घरमा निकै चलपलह देखिएको छ । नुहाइ धुवाइ नयाँ नयाँ लुगा लगाई आफु भन्दा ठूला बडाको आषिश लिएर सबैसँग गला मिलाई ईद मनाउँदै छन् । यस वर्ष काठमाण्डौको घण्टा घर स्थित जमा मस्दिमा ईदको नमाज नौ बजे रहेको थियो । सबै जना आ–आफ्नो सुविधा अनुसार नजिकको मस्जिद गई ईदको नमाज पढे ।

ईदलाई भनेर ठूलाहरुले आफु भन्दा स–सानालाई ईदि स्वरुप उपहार वा पैसा पनि दिने चलन रहेको छ । सबै तिर भाईचारा बनाइ राख्न आ–आफ्ना साथीहरुलाई बोलाइ विभिन्न किसिमको मिठो मिठो परिकारहरु खुवाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.