
हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टीका संयोजक महन्थ ठाकुरले मधेशमा सेना परिचालन गरेर राज्य आतंक मचाउन खोजिएको भन्दै आक्रोस व्यक्त गरेका छन् ।
बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटघाटमा संयोजक ठाकुरले मधेशको गामघरमा सेना परिचालन गरी आतंक मचाउन खोजिएको आरोप लगाउनु भएको थियो । उत्तरमा प्रधानमन्त्री देउवाले निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै सेना परिचालन गर्नु परेको बताएका थिए ।
बधुबार प्रधानमन्त्री देउवासँग राजपा संयोजक ठाकुर र नेता अनिल कुमार झाले भेटेर नवलपरासीमा भएको गोली काण्ड बारे प्रश्न राखेका थिए । जवाफमा देउवाले भुल बस त्यो घटना भएको बताउँदै आत्मालोचना गरेका थिए ।
हुलाकी न्यूजसँग कुराकानी गर्दै नेता झाले भने,‘मधेशमा सेना परिचालन गरी राज्य आतंक चाउन खोजिएको भन्दै हामीले प्रधानमन्त्रीसँग प्रश्न गर्यौं । हाम्रा कार्यकर्ताहरुलाई छापामार शैलीमा पक्राउ गरिएको जानकारी गरायौं ।’
छलफलमा मधेश आन्दोलनमा घाइते भएका र बुधबार निधन भएका दुखीराम मेहतालाई सहिद घोषणा गर्न माग गरिएको छ । त्यस्तै, अस्थायी शिक्षकहरुको समस्या समाधानका लागि आग्रह गएिको छ ।



