हुलाकी न्यूज, भर्जिनिया । डा.सुखदेव साह अमेरिकामा बसेको ५० वर्ष पुरा भएको छ । अमेरिकामा रहेका मधेशीहरुले डा.साह अमेरिका आउने पहिलो मधेशी रहेको बताउँछन् । डा.साह सन् १९६७ मा अध्ययनका क्रममा अमेरिका आएका थिए, त्यसपछि उनी यतै बसे । गत शनिबार उनले अमेरिका बसाईको ५० औं वर्षमा विशेष कार्यक्रमको आयोजना गरेका थिए ।

डा.साह इन्टरनेशनल मोनेट्री फण्डमा काम गर्ने पहिलो नेपाली हुन् । जसलाई नेपाल सरकारले अर्थमन्त्री बन्न बारम्बार आग्रह गर्दा पनि उनी मन्त्री बनेन् । नेपाली कांग्रेसका नेता बिपी कोइरालाको क्यानसरको उपचारका लागि सबै ठाउँबाट उठेको रकम बराबरको रकम उनले एक्लै दिएका थिए ।

धनुषा जिल्लाको इकराहीमा जन्मेका डा.सुखदेव साह एक समान्य परिवारका थिए । उनी आफ्नो जीवनको १४ वर्षको उमेरसम्म गाउँमै भाइँसी चराउँदै विताएका थिए । सन् १९५० तिर उनी १४ वर्षको उमेरमा ६ कोस टाँढा पढ्नका लागि जान्थे । त्यसपछि उनी भारतको विहारमा केही दिन पढे । उनी विहार वोर्ड फष्ट गरेका थिए । उनका भान्जा पाण्डव साहका अनुसार विहारबाट उनले अर्थशास्त्रमा बीए गरेपछि काठमाडौंको टियूबाट एमए गरे । उनले नेपाल राष्ट्र बैठकमा पनि काम गरेका थिए ।

त्यसपछि उनी अध्ययनका लागि अमेरिका आएका थिए । नोबेल पुरस्कार विजेताको अन्डरमा रहेर उनले पीएचडीको थेसिस पुरा गरेका थिए । त्यसपछि अमेरिका मै काम गर्न थाले । हाल अमेरिकाको भर्जिनियामा बस्दै आएका छन् । उनले आफ्नै घरमा आयोजना गरेको कार्यक्रममा करिब २ सय जना सहभागी थिए ।

कार्यक्रममा उनले आफ्ना बारेमा र तत्कालिन अवस्थाका बारेमा बयान गरेका थिए । उक्त भिडिया हेर्न सक्नु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.