हुलाकी न्यूज, न्यूर्योक । मधेशको बसोबास क्षेत्रमा ट्यांकसहित नेपाली सेनाको गस्ती बढेको प्रति मधेश मानव अधिकार(मधुर)को ध्यानाकर्षण भएको छ ।

अमेरिकास्थित जर्सीमा मुख्यालय रहेको मधुरले एक प्रेस विज्ञप्ती जारी गर्दै पछिल्लो केही दिन यता मधेशका सहरहरु जलेश्वर, राजविराजसहितका स्थानहरुमा नेपाली सेनाले ट्यांकीसहित गस्ती गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

मधुरका सचिव चन्दन सिंहद्धारा जारी प्रेस विज्ञप्ती अनुसार आगामी निर्वाचनका लागि मधेशमा खासै सुरक्षा चुनौती छैन तर पनि सेनाको चहलपहल बढाउनु उपयुक्त होइन । सेनाको गस्ती बढाएर मधेशमा जारी अधिकारको आन्दोलनलाई प्रभावित गर्न खोजिएको मधुरले जनाएको छ ।

पछिल्लो मधेश आन्दोलनमा ६० जनाभन्दा बढी मधेशी मारिएको बताउँदै सेनाको गस्तीले मधेशीहरुलाई सशंकित पारेको जनाएको छ । मधेशमा भएको सेना परिचालन अथवा गस्ती बारे सरकारलाई पुर्नविचार गर्न मधुरले आग्रह गरेको छ ।

1 COMMENT

  1. kasmir,darjeeling ma indian army le patrolling garna hune Nepali sensle afno desh ma garna nahune.kun adhikar badi ho yesto terai ma??????? shanti purna shabha,shanti purna aru j pani birodh ko karyakram garna milcha ra garna dinu parcha.tara vala julus,laathi julus,talbar julus yo k ho.YESTA LAI GPMG ko 18 caliber ko bullet le gidi hoina sarirko bhagai chiya chiya hune gari thoke huncha. plz rc ko chora biharilai andolan bata out gara yar ani hami pani afno maag rakhana andolan ma hunechau. First bihari out.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.