रमेश ठाकुर, गौर, ८ असोज । जिल्ला प्रशासन कार्यालय रौतहटले रौतहटका विभिन्न स्थानमा घोषणा गरेको दंगाग्रस्त क्षेत्र फिर्ता लिएको छ । भदौ ७ गतेदेखि घोषणा गरिएको दंगाग्रस्त क्षेत्र शुक्रबारबाट फिर्ता लिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

मधेश आन्दोलनको क्रममा मधेशी मोर्चा र अन्य मधेशी दलको आन्दोलन तथा प्रदर्शन बढ्दै गएपछि स्थानय प्रशासनले सदरमुकाम गौरलगायत चपुरदेखि गौरसम्मका मुख्य सडकको एक किलोमिटर दायाँबायाँसम्म दंगाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.