हुलाकी न्यूज, काठमाडौं । मधेशको मागलाई वेवास्ता गर्दै भइरहेको स्थानीय निर्वाचनको विरोधमा काठमाडौंमा चुनाव बहिस्कार सभाको आयोजना गरिएको छ ।

तराई मधेश राष्ट्रिय परिषद्(तमराप)ले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा चुनाव बहिस्कार सभा गर्ने जनाएको छ ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै तमरापका सदस्य कासिन्द्र यादवले संविधान संशोधन विनाको निर्वाचन मधेशलाई स्वीकार्य नभएको बताउँदै बहिस्कार सभाको आयोजना गरिएको बताए । यादवले आफुहरु संविधान संशोधन र मधेशका मागहरु पुरा गरेर अगाडि बढ्न राज्यसँग आग्रह गर्दै आएको र त्यसकै दबाब स्वरुप कार्यक्रम हुन लागेको जानकारी दिए ।

तमरापका अर्का सदस्य सरोज रायले असार दुई गते अर्थात शुक्रबार चार बजे काठमाडौंस्थित माइतीघर मण्डलामा बहिस्कार सभाको आयोजना गरिएको जानकारी दिदै शान्तिपूर्ण सभामा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरे ।

यसअघि पनि तमरापले संविधान संशोधन विना हुन लागेको स्थानीय निर्वाचनको विरोधमा प्रदर्शन गरेको थियो । तमराप विभिन्न क्षेत्रमा आवद्ध मधेशी युवाहरुको खुल्ला संगठन रहेको छ ।

तमरापको फाइल तस्बिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.