हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र यादवले संविधान संशोधनसहितका माग सम्बोधन नभएसम्म निर्वाचन हुन नसक्ने बताएका छन् । यादवले आन्दोलन उत्कर्षमा पुग्ने र मधेशी जनताको मनोबल पनि उच्च रहेकोले निर्वाचन सफल हुन नसक्ने बताए ।

संघीय समाजवादी फोरम नेपालको कार्यक्रम विथोल्ने आफुहरुको कुनै चाहना नभएको बताउँदै यादवले जनताले प्रतिकार गरेको बताए । हुलाकी न्यूजसँग कुराकानी गर्दै यादवले भने,‘उपेन्द्र यादव जीको कार्यक्रमसँग हामीलाई कुनै मतलब छैन । उपेन्द्र जीलाई त मधेशी जनताले प्रतिकार गरेको हो ।’

‘द्वन्दा हामीले गर्न खोजेका छैनौ । मधेशी जनताले स्वयम् प्रतिकार गरेको छ । उपेन्द्र जीले जुन मधेशी जनतासँग धोकाधडी गर्नु भयो । त्यसको प्रतिवाद जनताले गर्दैछ ।’ यादवले भने, ‘भोलि कुनै क्षति भए त्यसको जिम्मेबारी उपेन्द्र यादवले लिनु पर्छ ।’

यता राजपाका सहमहामन्त्री राकेश मिश्रले उपेन्द्र यादवलाई आन्दोलनमा फर्किन आग्रह गरेका छन् । मिश्रले भने,‘उपेन्द्र यादवले मधेशी जनतालाई धोका दिन खोजे पनि सक्नु हुन्न । उहाँ केही स्वार्थका कारण चुनावमा जाँदैमा मधेशी जनता चुनावमा जाने छैन । त्यसकारण उपेन्द्र जी पनि आन्दोलनमा आउनु पर्छ ।’

राजपाले गुण्डा शैलीमा आक्रमण गर्दैछ : उपेन्द्र यादव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.