हुलाकी न्यूज, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफुमाथि गुण्डा शैलीमा आक्रमण भएको आरोप लगाएका छन् । यादवले राजपकाले गुण्डा लगाएर आफ्नो कार्यक्रम विथोल्न खोजेको पनि प्रतिक्रिया दिएका छन् ।
हुलाकी न्यूजसँग कुराकानी गर्दै फोरम अध्यक्ष यादवले भने,‘हामीले द्वन्द्व चाहेका छैनौं । राजपाले गुण्डा शैलीमा सभा विथोल्ने प्रयास गरे । जनताले उनीहरुलाई लखेटे ।’
यादवले भोलिको दिनमा मधेशमा हुन सक्ने क्षतिको जिम्मेबारी राजपाले लिनु पर्ने बताएका छन् । उनले भने,‘झण्डपबाट हुने सम्पूर्ण क्षतिको जिम्मेबारी राजपाले लिनु पर्छ । फोरम नेपालको बढ्दै गएको लोकप्रियताप्रति राजपा विचलित भएको छ ।’
यादवले राजपा र फोरम बीचको द्वन्द्वले परिणाम गलत ल्याउने बताए । उनले राजपालाई निर्वाचनमा सहभागी हुन पुनः आग्रह गरे ।
आइतबार सर्लाहीमा फोरम नेपालको चुनावी सभा विथोल्ने प्रयास भएको थियो । विथोल्ने क्रममा दुई पक्षबीच झडप भएको छ । अन्य जिल्लाहरुमा पनि फोरम र राजपाबीच झडपको अवस्था र्शिजना हुँदै गएको छ ।




They were not RAJAPA’S BUT THE MADHESHIES.They attacked you because of your betrayel.
तँलाई त जुताले आक्रमण गर्नु पर्ने
50 jana bhanda badhi madhesi lai marera kursi ko lagi chunav ma jane lai janta le tyatikai choddaina neta ji thuka.