
हुलाकी न्यूज, नेपालगंज,२९ जेष्ठ । सोमबार बाँके जिल्लाको कारागारमा रहेका मुस्लिम कैदिहरुलाई वामी नेपालको सहयोगमा र मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप)ले स्थानीय प्रशासनसंग लिखित अनुमति लिएर ईफतार गराइयो ।
मुस्लिमहरुको महान चाड रमजानको अवसर पारेर कारागारका कैदिहरुलाई इफतार गराइएको हुरीपपकि सचिव सुनिता चौधरीले बताइन् । कारागारमा रहेका १३ जना मुस्लिम महिला बन्दी सहित २०० कैदी मुस्लिमहरु रोजा बस्दै आइ रहेको जानकारी चौधरी दिइन् । ईफतारको कार्यक्रम सँगसँगै कैदीहरुलाई इस्लाममा रोजाको महात्वका बारेमा जानकारी पनि गराइयो ।
कारगारको नाईकेको जिम्मेवारी पाएका राजा खानले आफूहरु रमजानको रोजा निरन्तर बस्दै आएको र समाजिक सदभावका लागि आफूहरु दैनिक नमाज पछि छलफल गर्ने गरेकोले कारागारमा कुनै धार्मिक विवाद नरहेको बताए । उनले भने, ६०० जना हामी कैदी मध्य २३० जना जति मुस्लिम कैदीहरु मात्र रहे पनि सबै जनासंग मिलेर रोजा इफतार गर्ने गरेका छौ ।
हुरीपपका संरक्षक मोहम्मद साबिर खानको अध्यक्षतामा भएको ईफतार कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एंव नेकपा एमालेका केन्द्रीय सदस्य मो. हारुन हल्वाई, प्रेस चौतारीको अनुशासन विभागका केन्द्रीय अध्यक्ष जे.पाण्डे, थर्ड एलायन्सका पश्चिम तराईका उप क्षेत्रीय प्रमुख आलम खान, नेपाल इक्रा एजुकेशनल फाउण्डेसका अध्यक्ष अब्दुल कवि, जामा मस्जिदका उपाध्यक्ष जियाउलहक हल्वाई, मुस्लिम अगुवा मेराज हल्वाई, प्रेस सेन्टरका अध्यक्ष डक्ट प्रसाद धिताल, नेपाल पत्रकार महासंघका निर्वातमान अध्यक्ष रुद्र सुबेदी, रफत कि अध्यक्ष रंन्जीता ढकाल सहित विभिन्न संचार मध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
सचिव चौधरीले भन्नुभयो, ‘रमजान महिना केवल दिन भरी भोकै बस्नुसंग सम्बन्धीत छैन्, यो पवित्र महिना भरी ब्रत बसेर हामी हाम्रो चित्त शुद्ध गर्ने र समस्त मानव जाति र जगतको भलाईका लागि प्रार्थना गर्ने महात्वपूर्ण महिना हो ।’
जेष्ठ १४ गते बाट सुरु भएको एक महिने रमजानको समयमा मुस्लिम समुदायका बाल बच्चा, बृद्ध र असक्त बाहेक सबैले बिहानको सुर्योदय देखि सुर्यास्त नभएसम्म केही पनि नखाई वर्त वस्ने प्रचलन रहेको छ र अन्य महत्व जानकारी बारे इक्राका अब्दुल कविले बताए । सुरक्षाको कारण देखाउदै प्रहरी पत्रकारहरुलाई इफतारको कुनै पनि प्रकारको फोटो नखिच्न प्रतिबन्द्ध लगाएको थियो ।



