हुलाकी न्यूज, काठमाडौं । बन्दको पूर्व सन्ध्यामा मधेशका सम्पूर्ण जिल्ला सदरमुकामहरुमा मसाल जुलुस प्रदर्शन गरिएको छ । राष्ट्रिय जनता पार्टी नेतृत्वको संघीय गठबन्धनको आह्वानमा मसाल जुलुस प्रदर्शन गरिएको हो ।
गठबन्धनको घोषित कार्यक्रमहरु मधेशको सम्पूर्ण जिल्लामा मसाल जुलुस प्रदर्शन गरिएको राजपाका नेताहरुले हुलाकी न्यूजलाई बताएका छन् ।
गठबन्धनले मंगलबारदेखि शुक्रबारसम्मका लागि पूर्वको लिम्बुवान र पश्चिमको थरुहटसहित सम्पूर्ण मधेश बन्दको आह्वान गरेको छ ।



