अस्पतालबाटै इदको शुभकामना

बीपी साह, काठमाठौं ८ आश्विन । ३९ वर्षीय मोहम्द मैहरुदिन उमेर र शरिरले बुढो देखिए पनि उनी २० वर्षका क्रान्तिकारी युवा झै प्रस्तुत हुन्छन् । उनका विचारहरु उतिकै क्रान्तिकारी र परिवर्तनकारी छन् ।

बीर अस्पतालको सर्जिकल वाडको ३१६ नम्बर बेडमा रहेका मैहरुदिनलाई भेटेर सहजै अनुमान लगाउन सकिन्छ, मधेश–थारुहटमा चलेको आन्दोलनमा सर्वसाधारण कसरी होमिएका छन् ।

रौतहट अकुलवा–वलुवा– ७ का मैहरुदिनलाई भदौ २७ गते दिउँसो तीन बजे गौरमा गोली लाग्यो । उनको लिंगको छेउबाट पसेको गोली मलद्वारबाट मासु लिएरै निसक्यो । अहिले तीघ्रा (जाँघ) को मासु काटेर उनको मलद्वरामा टाँसिएको छ ।

अवस्था गम्भीर रहेका मैहरुदिन अहिले बोलचाल गर्न सकेका छन् । तर दिसा गर्न निकै कठिनाई छ उसलाई । उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याउँदा जोड–जोडले कराउँदै आएका थिए । काठमाडौंको बीर अस्पतालमा उनको उपचार चलीरहँदा उनलाई भेट्न जाने नेताहरुसँग उनले हतियार माग गर्दै आएका छन् ।

मैहरुदिन भन्छन्, ‘यो ….ला सरकार बहिरो र अन्धो छ । अव मधेशमा आन्दोलन लाठी वा नारा लगाएर हुँदैन । अव गोलीको जवाफ गोलीले दिए मात्र यो सरकार सुन्नेवाला छ ।’

अस्पतालकै बेडबाट मैहरुदिनले हुलाकी न्यूजलाई भने,‘सर, अव सरकारी आतंक सहन निकै कठिन भयो । आन्दोलनभन्दा पहिले पनि हाम्रो गाउँमा पुलिसको आतंक थियो । हामी अधिकारका लागि लड्दैछौं । अव मलाई मर्ने डर छैन । अव यिनीहरुको गुलामी गर्ने छैन । म अस्पतालबाट गएपछि अझै सशक्त भएर आन्दोलनमा लाग्नेछु । त्यतीबेला कफनसँगै लग्नेछु ।’

प्रहरीले लुकेर गोली हाने : मैहरुदिन

Maihrudin_rauthat-ghaiete
गौरमा हामी शान्तिपूर्ण प्रदर्शन गर्दै थियौं । हामी प्रदर्शन गर्दा प्रहरी त्यो ठाउँबाट भागी सकेका थिए ।

हामी नारावाजी गर्दै अगाडि बढ्दै थियौं । प्रहरीहरु कोही दखिएन । हामी अगाडि बढ्दा अचानक एउटा खाली रहेको चिया पसलको झोपडीबाट गोली चल्यो । त्यहाँबाट गोली चल्यो र प्रहरीहरु अचानक निस्किए ।

त्योभन्दा पहिले न त प्रहरीले आश्रुग्याँस चलाए न त हवाई फाईर गरे । प्रहरीले त्यहाँ तीन राउण्ड गोली चलाए । जसमा एक राउड खेर गयो ।
बाँकी दुई राउण्डको एक गोली मलाई लाग्यो र अर्को गोली साथीलाई लाग्यो । म त्यही ढले । बहोस् भए । त्यसपछि बीरगंजमा मलाई हेलीकप्टरमा हाल्दा मात्रै थाहा पाएँ ।

बक्रइद मुवारक

मैरुदिन यसपाली घरमा इद मनाउन नपाउँदा दुखै छैनन् । उनी भन्छन्,‘यस पटकको इद मेरो जन्म भूमिका नाउँमा समर्पन गर्छु । यस पटकको मेरो कुरवानी पनि मधेशलाई नै दिन्छु ।’

मैहरुदिनले हुलाकी न्यूजमार्फत सम्पूर्ण जनतालाई इदको शुभकामना दिए । उनले आफू अस्पतालबाट चाँडै डिस्चार्ज भएर पुनः आन्दोलनमा जाने बताए ।

2 COMMENTS

  1. • WHY BACKOFFPAHRIYA FROM MADHES…
    • BEFORE CONSTITUIOTN GOT FORMALISED, NO BODY RAISED QUESTION, PAHRIYA OPLITICAL PARTY SAYS ITS MISTAKE…YOU KIDDING- SO BACKOFF FROM MADHES…
    • 40+ PEOPLE KILLED WHERE WERE YOU PAHARIYA PEOPLE? ## BACKOFF PAHRIYA.
    • HELPED YOU AT EARTHQUAKE TO OUR ABILITY JUST LIKE BROTHERS AND SISTERS? U DIDNT HELPED WHEN WE ARE GETTING KILLED, NOT A SINGLE VOICE FROM PAHADIYA COMMUNITY TO STOP BRUTAL ACT, BACKOFF PAHRIYA
    • YOU HAVE GUN WE HAVE LATHI, SO BACKOFF
    • OTHERS ARE HELPING, SO BACKOFF
    • OTHERS ARE OUR RELATIVE WE HAVE ROTI AND BETI RELATION. BACKOFF PAHRIYA
    • YOU WANT TO RULE/ TREAT US AS SLAVES ON MADHESI, BACKOFF PAHARIYA
    • YOU DON’T WANT DEVELOPMENT IN OUR MADHES, BACKOFF PAHRIYA.

  2. हाम्रो आंदोलनलाई “बिदेसीसँग युद्ध” गरे जसरी दमन गर्ने ? तराईकै अन्न खाने अनि हामीलाई नै हेप्ने ? आफ्नो अधिकार को लागि आंदोलन गर्दा सीधा टाउकोमा गोली हान्ने ? घर घर मै पसेर बच्चालाई गोली हानी हत्या गर्ने ? 40/40 जनाको हत्या गर्दा UN, USA र इंडियाले “मार्नु हुदैन” भन्नुपर्ने ? आफै muslim invasion का बेला इंडियाबाट भागेर पहाडमा लुक्ने अनि हामीलाई नै “बाहिरबाट आएकहरु” भन्ने?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.