हुलाकी न्यूज, राजविराज ।
प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवलाई गृह जिल्ला सप्तरी मै कालो झण्डा देखाइएको छ । मधेशको भावना विपरीत निर्वाचन गराउन खोजेको भन्दै यादवलाई कालो झण्डा देखाइएको हो ।

सप्तरीको सदरमुकाम राजविराजमा आयोजित निर्वाचन सम्बन्धी अन्तरक्रियामा भाग लिन पुगेका प्रमुख आयुक्त यादवलाई राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेता तथा कार्यकर्ताहरुले कालो झण्डा देखाएको हो ।

कडा सुरक्षाका बिच प्रमुख जिल्ला अधिकारीको निवासमा राखिएको अन्तरक्रियामा सहभागी हुन लागेका यादवलाई कालो झण्डासहित अवरोध गरिएको छ । कालो झण्डा देखाउने क्रममा प्रहरी र राजपाका कार्यकर्ताहरुबीच झडप भएको हो ।

केही बेर अवस्था तनावग्रस्त भएपछि कडा सुरक्षाका बिच अन्तरक्रिया तोकिएको समयभन्दा ढिलो गरी सुरु भएको छ । बाहिर राजपाका कार्यकर्ताहरुले नारावाजी जारी राखेका छन् ।

यता नेकपा एमालेको निर्वाचन सम्बन्धी कार्यक्रमसमेत विथोलिएको छ । राजविराजको साह धर्मशालामा राखिएको एमालेको कार्यक्रम राजपाले विथोल्दै तोडफोड गर्नुका साथै एमालेको झण्डा र बाँडन राखिएको टिर्सट समते जलाइएको राजपाका नेता दिपेन्द्र चौधरीले हुलाकी न्यूजलाई बताए ।
एमालेको कार्यक्रम विथोलिए पछि प्रचार सामाग्री जलाउँदै राजपा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.