
हुलाकी न्यूज, काठमाडौं । मधेशी जनअधिकार फोरम नेपालका संस्थापक मध्येका एक तथा नयाँ शक्ति पार्टी नेपालका नेता राम कुमार शर्माले स्वतन्त्र मधेशको बहस थालेका छन् ।
मधेश राजनीतिमा लामो समय विताएका शर्मा फोरम नेपाल हुँदै तराई मधेश लोकतान्त्रिक पार्टीबाट संविधानसभा सदस्य समेत भएका थिए । पछिल्लो समय उनी पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा छन् । उनी जुनसुकै पार्टीमा भएपनि मधेश राजनीतिलाई नजिकबाट नियाल्दै आएका छन् ।
मधेशवादी राजनीतिक दलहरुका विचलन देखे पछि उनी मधेशी जनता स्वतन्त्र मधेशको पक्षमा लाग्न थालेको आंकलन गरेका छन् । उनले अहिलेको राजनीतिक अवस्था कायम रहे मधेश देश बन्नुबाट कसैले रोक्न नसक्ने बताएका छन् ।
शर्माले मधेशी जनता सामु दईवटा बाटो रहेको बताउँदै संघीयताको बाटो र दोस्रो स्वतन्त्रताको बाटो रहेको बताएका छन् ।
शर्माले आफ्नो फेसबुकबाट स्वतन्त्र मधेशका विषयमा बहस थालेका छन् । उनले यसअघि पनि मधेशी जनता स्वतन्त्र मधेश पक्षमा लाग्न थालेको बताएका थिए ।

उनले मधेश स्वतन्त्र कसरी हुनेछ भन्ने विचार पनि राखेका छन् ।
उनी लेख्नछन्,‘स्वतन्त्रताका लागि निम्न आधारहरू हुनु आवश्यक छ ।
क) राज्य द्वारा सुरक्षा, न्यायलय, कर्मचारी प्रशासनलगायत सबै तह र निकायमा बिभेद गर्नु र औपनिबेशिक किसिमले शासन र शोषण गर्नु ।
ख) एउटै देशका नागरिकसंग शासक र शोषितको फरक–फरक व्यवहार गर्नु ।
ग) शासक बर्गले द्वन्दलाई (आन्दोलन)संम्बोधन गर्न नचाहनु र नसक्नु ।
घ) मुक्ति चाहने जनता प्रकटरूपमा स्वतन्त्रताको पक्षमा लेखेर, बोलेर, संगठित भएर आन्दोलनमा सहभागी भएर लाग्नु ।
ड़) देशको बिभाजन अन्तर्रास्ट्रिय समुदायको हितमा वा समर्थन प्राप्त गर्न सक्नु ।
च) असल ईमान्दार र दृढ संकल्प भएको अन्तर्रास्ट्रिय स्तरको नेतृत्व हुनु ।
छ) स्वतन्त्रता किन ? यह बारे सही बिचार राजनीति र सिद्धान्तको व्यापक प्रचारप्रसार हुनु ।
ज) ईमानदार र सर्घषशील कार्यकर्ताको व्यापक सांगठनिक संरचना हुनु ।
तसर्थ कुन बाटो सही यसको लागि राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र प्रशासनिक राजनीतिको सुक्ष्म अध्ययन गर्दा स्वतन्त्रताको आन्दोलनमा लागेका प्रमुख नेता डा.सीके राउत अर्को पक्षका नेताहरूभन्दा ईमानदार, दृढ़ संकल्प र उदेश्यप्रति अबिचलित देखिन्छ ।
जनताको व्यापक सांगठनिक संरचना बनाउन सकेमा, संसदीय नेतालाई लडाउन सकेमा, अन्तर्रास्ट्रिय शक्तिको बिश्वास जित्न सकेमा हाल राजनीतिमा रहेका पहाड़ी र मधेशी नेताहरूको नीति, बिचार र अबसरबादी, भ्रस्टाचारी र राष्ट्रघाती क्रियाकलाप यस्तै रही रहेमा देर सबेर नेपाली जनता चाहे न चाहे पनि मधेशलाई स्वतन्त्रताको बाटो बाट कसैले रोक्न सक्दैन ।’
उनले संघीयताका पक्षधर नेताहरुका बारे पनि लेखेका छन् ।
उनी लेख्छन्,‘संघीयताको बाटो सबै नेपालीहरूको लागि (मधेशी, थारू, आदिवासी र जनजाती, खशआर्य)सबैले समानता, स्वतन्त्रता, र सामाजिक न्यायसहितको पुर्ण अधिकारको बाटोबाट अघि बढ्छ । जस्का लागि खश र आर्य बढीनै जिम्मेदार र मधेशी–थारू बढीनै ईमानदार हुनुपर्छ । तर सत्य यो छकी न खश र आर्य जिम्मेदार छ नत मधेशी नेताहरू ईमानदार । केही गंम्भीर प्रकारका समानताहरू दुबै पक्षका नेताहरूमा भएका कारण मधेशको संघीय मार्ग अविश्बसनिय र संकट ग्रस्त देखिन्छ ।’
शर्माले संघीयताबाट मधेशको समस्या समाधान हुन कठिन रहेको बताउँदै निम्न कारणहरु दिएका छन् ।
क)दुबै पक्ष(मधेशी र पहाडी) का नेताहरू भ्रष्ट छन् ।
ख)दुबै पक्षका नेताहरू दलाल र रास्ट्रघाती छन् ।
ग)दुबै पक्षका नेताहरू समग्र नेपालप्रति होइन भोटका लागि आ–आफ्ना भुगोल प्रति ईमानदार देखिन्छन् ।
घ) दुबै पक्षका नेताहरू जातपातको राजनीति गर्छन् ।
ड) दुबै पक्षका नेताहरू लोकतान्त्रिक पार्टी नभएर प्राइभेट लिमिटेड चलाउन चाहन्छन् ।
च) दुबै पक्षका नेताहरूमा बिकास र आर्थिक समृद्धिसहितको दिर्घकालिन सोच छैन ।
छ) दुबै पक्षका नेताहरू जनतालाई ठग्न, झुठो बोल्न, भ्रम छर्न र नौटकी गर्न बहादुर छन् ।
ज) दूबै पक्षमा दुरदुरसम्म राजनेताको अभाव छ ।
झ) दुबै पक्षका नेताहरू अन्तर्राष्ट्रिय समुदायलाई आ–आफ्नो स्वार्थमा नेपाललाई नाड़गो खेल मैदान बनाएको छ । अन्तत्वगत्व यस्ले दुष्परिणाम नै ल्याउने छ ।




