हुलाकी न्यूज, काठमाडौं ८ आश्विन । विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले तीन सदस्यसीय वार्ता टोली गठन गरेको छ ।
मधेश–थरुहटमा आन्दोलनरत विभिन्न पक्षसँग वार्ता गर्न वार्ता समिति गठन गरेको राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झाले हुलाकी न्यूजलाई बताए ।

झाका अनुसार वार्ता समितिमा मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का तर्फबाट रामजनम चौधरी, राष्ट्रिय मधेश समाजवादी पार्टीका तर्फबाट केशव झा र मधेशी जनअधिकार फोरम गणतान्त्रिकका तर्फबाट सीपी सिंह रहेका छन् ।

वार्ता टोली गठनलगतै विभिन्न पक्षसँग वार्ता गर्ने बुझिएको छ । यता मोर्चाका संयोजक विजय गच्छदार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा सामेल हुन मोर्चाका नेताहरुसँग छलफल गर्न लागेको हो ।

विभाजनको संघारमा पुगेको गच्छदारको मोर्चाले दुई दिनदेखि निरन्तर छलफल गर्दै आएको छ । शुक्रबार वार्ता समिति गठन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.