हुलाकी न्यूज, काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले मधेशीलाई होच्याउने खालको विज्ञापन सार्वजनिक भएकोप्रति माफी मागेको छ ।
निर्वाचन आयुक्त इला शर्माले उक्त विज्ञापनबाट मधेशीको भावनामा चोट लागेको भए आफुले माफी मागेको बताएकी छन् ।
आफ्नो ट्वीटरबाट आयुक्त शर्माले माफी मागेकी हुन् । तर निर्वाचन आयोगको आधिकारिक प्रतिक्रिया आइसकेको छैन । उक्त विज्ञापनको विरोध भएपछि सोमबार नै निर्वाचन आयोगले युटुवबाट विज्ञापन हटाइसकेको छ ।
नेपाली कलाकारको मुखमा कालो रंग पोतेर मधेशी बनाउन खोजिएको र भाषालाई पनि विगारिएको भन्दै मधेशीहरुले विरोध गरेका थिए ।




