हुलाकी न्यूज, काठमाडौं ८ आश्विन । संविधानको मस्यौदामाथि सुझाव संकलनदेखि नै आन्दोलनमा सक्रिय देखिएका नेपाली काँग्रेसका सभासद् अमरेश सिंहको निकै आलोचना हुँदैछ । तर सिंह आफूलाई बचाउ गर्दै आएका छन् ।

संविधान सभाको अन्तिम प्रक्रियासम्म सिंहलगायतका सभासद्हरु विरोधमा देखिएका थिए तर अचानक उनीहरुले हस्ताक्षर गरेपछि मधेश–थरुहटमा उनीहरुप्रति तीब्र आक्रोस बढेको छ ।

हुलाकी न्यूजसँग सिंहले गरेको विशेष कुराकानीमा आफूहरु अहिले पनि विरोध मै रहेको बताउँदै संविधानलाई स्वागत गर्ने वा त्यस्तो कुनै कार्यक्रममा सहभागी नभएको दाबी गरे ।

हुलाकी न्यूजसँग सिंहले भने, ‘म अहिले पनि विरोधमै छु । मेरो आन्दोलन जारी छ । सांकेतिकरुपमा दुई दिन संविधान सभा बहिस्कार गरे । तर पार्टी छोड्ने कुरा मैले गरेको छैन ।’

सिंहले भने, ‘मेरा पार्टीका शीर्ष तीन नेताले माग पुरा गर्ने आश्वासन दिएका छन्, प्रधानमन्त्री सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलले हामी असन्तुष्टहरुसँग बाम्बार छलफल गरेर माग पुरा गर्ने बताए । हाम्रै दबाबका कारण प्रधामन्त्रीले आफ्नो मनत्व्यमा समान जनसंख्याको आधारमा प्रतिनिधित्व र समानुपातिक समावेशी स्वीकार गर्ने बताएका छन् । हामीलाई केपी ओली र प्रचण्डले पनि कमिटमेन्ट गर्नु भएको छ ।’

अहिले पनि आफूहरुले दबाब दिइरहेको बताउँदै सिंहले भने, ‘हामी २० जना सांसदहरु प्रधानमन्त्रीलाई भेटेर त्यो कुराहरु स्मर्न गरायौं । केही कुराहरु लागु पनि भएका छन् । अहिले संसद चलेको छैन, संसद चलेपछि हामी कडारुपमा प्रस्तुत हुनेछौं ।’

आफूहरु पार्टी छोड्ने वा नयाँ पार्टी बनाउने पक्षमा नरहेको भन्दै सिहंले, ‘हाम्रा मागहरु अहिले पुरा नभए पार्टीको महाधिवेशनमा लग्नेछौं । महाधिवेशबाट लागु गर्न दबाब दिनेछौं । पार्टीमाथि निरन्तर दबाब दिदैछौं । हामीले तीन पटक लिखितरुपमा पार्टीमा असहमति जनाइसकेका छौं । म पार्टी मै बसेर संघर्ष गर्छु, तर मधेशको माग छोडेको छैन ।’

मधेशीलाई अधिकार नदिन एउटा पुरा समुदाय नै सक्रिय भएको सिंहले बताए । मधेशी मोर्चाको मागमा अहिले पनि आफ्नो समर्थन रहेको बताउँदै सिंह कम क्षति होस भन्ने पक्षमा रहेको दाबी गरे ।

5 COMMENTS

  1. tapai Madhesi Dali janajati matwali rajnitik Rup Le NIRDHAN Sudi Teli Kanu Kalwar Koiri goaar chamar dusad Kurmi lohar Dhobiniya hajam musahar tatma mallah badheri panhaeri alpasankhyak Ansari Mansuri musalman bandohiya natt Dome halkhore haru
    Sabai Le as-aafno kaam ma “BRAHMAN-KAHETIYA-VAISHYA-SUDRA ma bivajit VAEKO Le –/////——
    Aatah Chhetri Ko aad lieer BRAHMAN-BHUMIHAR-KAYASTHA haru Le aafno kaam gardai chhan !! Kim Vaishya-Sudra haru Le chup-chap aafu LAAI khataeko kaam na garer vekar Ko KACH-KACH ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.