हुलाकी न्यूज, काठमाडौं । मधेशका राजनीतिक दलमा विचलन आएपनि मधेशी जनतामा विचलन नभएको विश्लेषक सीके लाल बताउँछन् । मधेशीहरु अधिकारका लागि निरन्तर लडी राख्ने बताउँदै लाले मधेशी जनतासँग आग्रह गरे ‘तपाई अधिकारको पक्षमा एक्लै भए पनि नडराउनुस् । एक्लै भएपनि आन्दोलन जारी राख्नुस् ।’
शुक्रबार साँझ काठमाडौंमा तराई मधेश राष्ट्रिय परिषद्ले आयोजना गरेको कार्यक्रममा विभिन्न वक्ताहरुले आफ्ना विचार राखेका थिए । जसमा विश्लेषक लालले दिएका सुझाव यस्तो थियो ।
१) अहिलेको मुख्य माग संविधान संशोधन हो । स्थानीय निर्वाचन होइन । अहिलेको संविधानले सहिदहरुको सपनालाई समेटेको छैन । कसैको भावनालाई स्वीकार गरेको छैन । नेपाल राज्यलाई एकीकृत राख्नु छ भने अहिले संविधान संशोधन हुन आवश्यक छ ।
२) केही व्यक्तिहरु जनभावनाको विपरीत निर्वाचनमा गएका छन् । हामी उनीहरुलाई पनि बेइजत नगरौं । उनीहरु हाम्रो नभएपनि के भयो त हामी त उनीहरु कै हौं । उनीहरुलाई गाली दिनुको अर्थ उनीहरुको आह्वानमा जो व्यक्तिहरु सडकमा उत्रेका थिए उनीहरुको भावनामाथि चोट पुर्याउनु हो । हामी उनीहरुको राजनीतिक आलोचना गरेपनि व्यक्तिगत आलोचना नगरौं जसले हामी बिच फुट बढोस् ।
३) अहिले मधेशीहरुलाई धैर्यको आवश्यकता छ । न्याय र समानताको जुन लडाई हुन्छ त्यो चुनावको जस्तो हुँदैन । यो लडाइ एक दिन मै पुरा हुँदैन । कुनै बेला एक्लै भएपनि लड्नु आवश्यक छ । अहिले मधेशीले बिज जोगाउनु आवश्यक छ ।
४) सैयम अपनाउन आवश्यक छ । जव सत्यको लडाइ हुन्छ त्यती बेला धैर्यको आवश्यकता हुन्छ । अहिले मधेश सत्यको लडाइमा छ ।
५) मधेशीले निर्वाचनलाई बहिस्कार गर्छौ भन्नु नकारात्मक सन्देश दिन्छ । त्यसैले यसलाई संकल्प सभाको रुपमा अगाडि बढाउनु पर्छ । संकल्प सभामा सबैले संकल्प लिनु पर्छ कि जबसम्म मधेशीले अधिकार पाउने छैन तबसम्म हामी संघर्षमा रहने छौं । अहिलको निर्वाचनलाई मान्यता नै नदिउँ र संघर्षलाई निरन्तर राखौं ।
फाईल फोटो




विश्लेषक श्री सी के लालजी को बुँदा नं १ देखि ४ सम्म को कुरा प्रष्ट छ / तर बुँदा नं ५ मा आएर चुनाव लाई संकल्प सभा को रुपमा लिने भने पछि उपेन्द्र जी कै लाईन मा जाने सुझाएको देखियो / यस्तो अप्रष्ट भाषा सोझो मधेसी ले कसरि बुझ्ने? संबिधान संशोधन को लागि भोट हाल्न जाने भन्ने कि संशोधन नगरे सम्म भोट हाल्न नजाउँ भन्ने? मेरो बिचार मा चुनाव बहिष्कार नै संबिधान संशोधन नगर्ने लाई गतिलो जवाफ हुनेछ /
100% agree with you maharjan g
Sansodhan bina ko chunau bahiskar garnu nai ucit ho r kasaile nomination gari madhesh ko khelwar gare janta le bullet lejawaf dina pani pachhi nahatne jasto lagchha
Absolutely right !!!
Sambhidhan sansodhan nai bhaye samm chunab ma sahbhagita hunu bhayen,yadi sansodhan bina chunab ma gaye janta le jabab pani magchh, 56 Jana ko lash yai chunab ko lagi thiyo ya sarkarma Janna lai