हुलाकी न्यूज, काठमाडौं, ८ असोज । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बन्द फिर्ता नलिएको जनाएको छ । शुक्रबार बिहानै देखि प्रमुख मिडियाहरुमा मधेशी मोर्चाले ईदको अवसरमा बन्द फिर्ता लिएको भनेर आएको समाचारको खण्डन गर्दै मोर्चाको केन्द्रिय समितिले बन्द यथावत रहेको जनाएको छ ।

मोर्चा घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हुलाकी न्यूजसँग कुरा गर्दै प्रमुख मिडियाहरुले आन्दोलन तुहाउन गलत समाचार संप्रेषण गरेको बताए । उनले मोर्चाको केन्द्रिय समितिले बकरीदको सम्पूर्ण देशवासी र मुस्लिम समुदायलाई शुभकामना दिएको तर, आन्दोलन र बन्द यथावत रहेको जनाए ।

अध्यक्ष यादवले अहिले सम्पूर्ण मधेशी अधिकारको लागि आन्दोलनरत रहेको भन्दै यसमा मुस्लिम समुदायको पनि पूर्ण समर्थन रहेको र मधेशका २० वटै जिल्लामा शुक्रबार बन्द कायम रहेको स्पष्ट पारेका छन् ।

अधिकांश प्रमुख मिडियाले मधेशी मोर्चाले ईदको अवसरमा बन्द फिर्ता लिएको समाचार संप्रेषण गरेका छन् । यादवले मधेश आन्दोलन तुहाउन प्रमुख मिडियाहरुले रचेको प्रोपागाण्डाको आलोचना गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.